Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

अमेरिकी कम्पनीले दुई महानिर्देशक हल्लायो , राजस्व अनुसन्धान विभागका महानिर्देशक फेरिँदै

अमेरिकी कम्पनीले दुई महानिर्देशक हल्लायो , राजस्व अनुसन्धान विभागका महानिर्देशक फेरिँदै

  • काठमाडौं ।अमेरिकी कम्पनीहरूले राजस्व अनुसन्धान विभागका दुई महानिर्देशकको पद हल्लाइ दिएका छन् ।अमेरिकन कम्पनी कोटिभिटी नेपालले राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेपछि विभागका महानिर्देशक नवराज ढुंगानाको पद हल्लाइ दिएको हो ।

    कोटिभिटी नेपाल र त्यसका सञ्चालक विरुद्ध राजस्व अनुसन्धान विभागले २०८० चैत १८ गते  राजस्व चुहावटसम्बन्धी कसूरमा  १० अर्ब ३६ कारोड ४५ लाख बढीको मुद्दा दायर गरेको थियो ।राजस्व अनुसन्धान विभागले हात्तीसारस्थित कोटिभिटी नेपाल प्रालि र यसका सञ्चालकहरू डा.एमाद रिस्क, ब्रेट म्यागन, केरी इस्किन, पिटर स्यापो र अर्पण कोथुरसमेत विरुद्ध  १० अर्ब ३६  करोड ४५  लाख २२   हजार ६  सय बढी  बिगो र सजाय मागदाबी गरी पाटन उच्च अदालतमा मुद्दा दायर गरको थियो ।

    कोटिभिटी नेपाल विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेपछि त्यस विरुद्ध लागेको कोटिभिटी र त्यससँगै जोडिएकाहरूले अन्ततः राजस्व अनुसन्धान  विभागका  महानिर्देशक ढुंगानाको सरुवा निश्चित गराइदिएका छन् ।राजस्व अनुसन्धान विभागका महानिर्देशक बनाउनकै लागि पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढालाई गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयमा सरुवा गरिसकेको छ । समाचार स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढालाई पठाउने निश्चित भएको छ । 

    यसअघि अमेरिकन कम्पनी कोकाकोला विरुद्ध ७ अर्ब बढी कर छलीको मुद्दा दायर गरेपछि तत्कालीन राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको पद हल्लाइदिइएको थियो ।   बहुराष्ट्रिय अमेरिकन कम्पनी कोकाकोलाले अफसोर अप्रत्यक्ष कारोबार कोकाकोलाको नेपाली कम्पनी बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा भएको परिवर्तन अनुसार कर दायित्व वहन नगरी बोटलर्स नेपाल लिमिटेडबाट राजस्व चुहावट गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले ७ अर्ब बढीको कर छली मुद्दा दायर गरेको थियो ।उक्त मुद्दा दायर गरेको एक महिना भित्रै तत्कालीन महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको थियो ।

    राज्यका लागि देखिने गरी राम काम गर्दै आएका राजस्व अनुसन्धान विभागका वर्तमान महानिर्देशक नवराज ढुंगानाको राजस्व विभागमा ‘इन्ट्री’ सुखद भएपनि ‘एग्जिट’ दुखःद हुने भएको छ । नवराज ढुंगानाले अनुसन्धान विभागमा बसेर कर छली नियन्त्रणमा  महत्वपूर्ण भूमिका निर्वाह गर्दै अएका थिए ।  यस्तै विभागका तत्कालीन महानिर्देशक प्रकाश पौडेलले  पनि विभागमा रहँदा राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij