Logo

May 15 2024 | २०८१, जेठ २गते

images

मोतिहारी सर्लाही ग्यास पाइप लाइन योजना अगाडि बढाउन छलफल,अढाई वर्षमै लागत उठ्ने अनुमान


नया सडक

२०८१, वैशाख १७ सोमबार

  • 264
    Shares

  • मोतिहारी सर्लाही ग्यास पाइप लाइन योजना अगाडि बढाउन छलफल,अढाई वर्षमै लागत उठ्ने अनुमान

    काठमाडौं । भारतको मोतिहारीदेखि नेपालको सर्लाहीसम्म ग्यास पाइप लाइन योजना अगाडि बढेको छ ।नेपाल आयल निगमले  सो योजना अगाडि बढाएको हो ।मोतिहारी सर्लाही ग्यास पाइप लाइन परियोजना प्रमुख प्रदिप यादवले जानकारी सार्वजनिक गरे अनुसार छलफल अगाडि बढेको हो । 

    images


    मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्न इण्डियन आयाल कर्पोरेशनले इञ्जिनियरिङ सर्भे प्रतिवेदन तयार गरेर एक वर्ष अघि नै नेपाल आयाल निगमलाई बुझाइसकेको छ ।इण्डियन आयल कर्पोरेशनले दिएको प्रतिवेदन अनुसार मोतिहारी–सर्लाही ग्यास पाइपलाइन विस्तार गर्न १५ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    यो ग्यास पाइपलाइन विस्तारको लागत अढाइ वर्षमै उठ्ने प्रमुख यादवले बताए ।  हाल भारतीय व्यवसायीका भारतीय बुलेटबाट नेपालतर्फ ग्यास ढुवानी भइरहेकोमा महिनाको ५० करोडका दरले वार्षिक ६ अर्ब रूपैयाँ भारतीय व्यवसायीलाई निगमले ढुवानी बापत तिर्नुपर्ने भएको छ ।

    ग्यास पाइपलाइन विस्तार भए  ग्यास ढुवानी बापत हुने खर्च बचत भई लागत उठ्ने उनको विश्वास छ ।सन् २०२४ जनवरीबाट इन्डियन आयल कर्पोरेशन (आइओसी) ले मोतिहारीमा पाइपलाइनबाट ग्यास ल्याउन सुरू गरिसकेको छ भने सर्लाहीमा निगमले ग्यास प्लान्ट बनाउन करिब १६ बिगाहा जमिन किनिसकेको छ।

    प्रतिक्रिया दिनुहोस