Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

कर्णप्रिय सहकारीका सञ्चालक गोपाल दास श्रेष्ठ बैंकिङ्ग कसुर मुद्दामा पक्राउ


२०८१, वैशाख १८ मंगलबार

  • 2.9k
    Shares

  • कर्णप्रिय सहकारीका सञ्चालक गोपाल दास श्रेष्ठ बैंकिङ्ग कसुर मुद्दामा पक्राउ

    काठमाडौं । न्युरोडमा सहकारी सञ्चालन गरी बचतकर्ता र केही उद्योगी व्यापारीहरूको रकम हिनामिना गरी ठगी गरेको आरोपमा कर्णप्रिय सहकारीका अध्यक्ष गोपाल दास श्रेष्ठ पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतको पक्राउ पुर्जिमा महानगरीय प्रहरी वृत्त जनसेवाले श्रेष्ठलाई आज पक्राउ गरेको हो । बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले बताएको छ । 
    श्रेष्ठले विगत केहिवर्षदेखि कर्णप्रिय सहकारी सञ्चालन गर्दै आएका छन् ।  काठमाडौं महानगर पालिका वडा नं २२ इन्द्रचोकमा विगत लामो समयदेखि सहकारी संचालन गर्दै आएका थिए । श्रेष्ठले इन्द्रचोक ओटुमा पसल समेत सञ्चालन गरिरहेका छन् ।झण्डै २० करोड रकम अनियमितता गरेको भनिएका श्रेष्ठले बचतकर्ता उद्योगी व्यापारीहरूलाई पैसा माग्दा उल्टै धम्क्याउने गरेको एक व्यापारीले बताएका छन् । उनले आफ्नो पहुँच उच्चस्तरमा भएको भन्दै केही व्यापारीहरूलाई धम्क्याउने गरेको पनि ती व्यापारीले बताएका छन् । कर्णप्रिय सहकारीका अध्यक्ष श्रेष्ठलाई आजै पक्राउ गरिएको जनसेवाले बताएको छ ।
    यस्तै गोपाल दास श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्दै आएकी छिन् । उनी अध्यक्ष रहेको पिपुल्स हेल्पफुल सहकारीले समेत बचतकर्ताको रकम फिर्ता दिन सकेको छैन् ।

    प्रतिक्रिया दिनुहोस