Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सूर्यविनायकमा जङ्गलमा लागेको आगो नियन्त्रणमा


नया सडक

२०८१, वैशाख १९ बुधबार

  • 522
    Shares

  • सूर्यविनायकमा जङ्गलमा लागेको आगो नियन्त्रणमा

     

    भक्तपुर ।  भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा आएको छ ।  

     

    सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सूर्यविनायक‐७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार ललितपुरको पाइलटबाबा आश्रम नजिकबाट जङ्गलमा फैलिएको आगो सूर्यविनायक–८ सिपाडोलसम्म फैलिएको थियो । चार दिनको प्रयासपछि आगो नियन्त्रणमा आएको उहाँले जानकारी दिनुभयो । 

     

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरको जुद्ध बारुण यन्त्र, काठमाडौँ र ललितपुरबाट मगाएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी, जनप्रतिनिधिलगायतको प्रयासका कारण आगो नियन्त्रणमा आएको बताउनुभयो । उहाँले भन्नुभयो– “आज बिहानसम्म कहिँ कतै धुँवा देखिएको छैन, तर पनि सचेत हुनुपर्छ ।” आगलागीबाट भएको क्षतिको विवरण जिल्ला वन कार्यालयले सङ्कलन सुरु गरेको प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो । 

     

    सूर्यविनायक नगरपालिकाका प्रवक्ता सापकोटाले सूर्यविनायक जङ्गलमा लागेको आगोका कारण जङ्गली जनावर मरेको बताउनुभयो । धुँवाले गाउँ टोलमा तुवालो लागेजस्तै भएको उहाँले बताउनुभयो । आगो फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै दमकल तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । रासस

     

    प्रतिक्रिया दिनुहोस