Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

आर्टिफिसियल इन्टेलिजेन्स च्याटजीपीटी बनाउने कम्पनी ओपन आई विरुद्ध अमेरिकाका ८ मिडियाद्वारा मुद्दा दायर

आर्टिफिसियल इन्टेलिजेन्स च्याटजीपीटी बनाउने कम्पनी ओपन आई विरुद्ध अमेरिकाका ८ मिडियाद्वारा मुद्दा दायर

  • काठमाडौं ।  अमेरिकाका विभिन्न ८ वटा सञ्चार संस्थाहरूले ओपनएआईको लार्ज ल्याङ्ग्वेज मोडल ट्रेनिङमा आफ्ना सामाग्री  बिनाअनुमति प्रयोग गरिएको भन्दै  मुद्दा दायर गरेका छन् ।न्युयोर्क डेली न्युज, सिकागो ट्रिब्युन, ओर्लान्डो सेन्टिनेल, सान होजे मर्करी न्युज लगायतका सञ्चार संस्थाहरूले ओपनएआई र माइक्रोसफ्टलाई विपक्षी बनाई  न्युयोर्कको एक अदालतमा मुद्दा दायर गरेका  हुन् ।

    सो मुद्दामा उनीहरूको  स्रोत, साधन र मेहेनत लगाएर बनाएका सञ्चार सामग्रीहरू बिनाअनुमती वा क्षतिपूर्ति दुरूपयोग गरिएको आरोप लगाइएको छ । एल्डेन ग्लोबल क्यापिटल नामक एक कम्पनीको लगानीमा सञ्चालित ती सञ्चार संस्थाहरूले आफ्ना सामग्रीहरू च्याटजीपीटी र माइक्रोसफ्ट कोपाइलटसँगको कुराकानीमा अनुच्छेद वा लेखको लामो अंश नै देखाएको र सोबाट ती आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लाटफर्महरूले जेनेरेटिभ प्रि–ट्रेनिङ ट्रान्सफर (जीपीटी) गराउने गरेको प्रमाणित हुने दाबी गरेका छन् । 

    निवेदनमा  प्रश्न भनेको कसरी एउटा खर्बौं डलरको कम्पनीले कुनै सञ्चार संस्थाको सर्वाधिकारमा रहेका सामग्रीहरू बिनाअनुमति र शुल्क तिरेर प्रयोग गर्न मिल्छ उल्लेख छ । सञ्चार संस्थाहरूले ओपनएआई र माइक्रोसफ्टले आफ्ना समाचार र लेखहरूको पे वाल सजिलै बाइपास गर्ने गरेको र कुनै प्रष्ट साभार जानकारी वा हाइपरलिंक बेगर नै प्रयोग गरेको पाइएको पनि निवेदनमा दाबी  गरिएको छ ।

    यसअघि अघिल्लो वर्षको डिसेम्बरमा न्युयोर्क टाइम्सले पनि ओपनएआई र माइक्रोसफ्टलाई यस्तै कन्टेन्ट दुरूपयोगको आरोपमा मुद्दा लगाएको थियो । सञ्चार संस्थाहरूले कपीराइट गरिएको सञ्चार सामाग्री प्रयोग गर्दा प्रकाशकको अनुमति लिने व्यवस्था मिलाउन र व्यावसायिक प्रयोग गरेबापत उचित शुल्क तिर्ने व्यवस्था गर्न माग गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij