Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

नकली भ्याट बिल बनाइ कर छली गरेको आंशका भइरहेको अनुसन्धानबाट हालसम्म ६ अर्ब बढी कर छली भएको ठहर, थप अनुसन्धान हुँदै

नकली भ्याट बिल बनाइ कर छली गरेको आंशका भइरहेको अनुसन्धानबाट हालसम्म ६ अर्ब बढी कर छली भएको ठहर, थप अनुसन्धान हुँदै

  • काठमाडौं । आन्तरिक राजस्व विभागले गर्दै गरेको अनुसन्धानबाट ६ अर्ब रुपैया करछली ठहर भएको जनाएको छ ।नकली भ्याट बिल खरिद बिक्रीबारे करिब १० अर्ब रुपैयाको कर छली भएको विषयमा गरिँदै गरिएको अनुसन्धानको ७५ प्रतिशत काम पूरा हुँदा ६ अर्ब छली भएको ठहर गरिएको हो ।

    कर छल्ने अधिकांश व्यवसायिक कम्पनीहरू  सरकारी तथा अर्धसरकारी निकायलाई मालसमान आपूर्ति गर्दै आएका कम्पनी रहेका छन् ।एक हजार नौ सय ८६ व्यवसायीको नक्कली भ्याट बिललाई अनुसन्धानमा तानेर आन्तरिक राजस्व विभागले अनुसन्धान गरिरहेको छ ।विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी सार्वजनिक गरे अनुसार ७५ प्रतिशत अनुसन्धान टुंगिएको छ ।

    हालसम्मको अनुसन्धानमा करिब ६ अर्ब रुपैयाँ कर निर्धारणको आदेश भइसकेको छ । यस्ता कम्पनीहरूलाई कर तिर्न आदेश पत्र पठाइसकिएको र उनीहरूले पत्र पाएको १५ दिन भित्र करतिर्नुपर्ने छ ।उनीहरूलाई बैशाख १५ गतेसम्मको कर तिर्नुपर्ने गरी पत्र पठाइएको छ ।

    डेढ वर्षअघि विभाग तत्कालीन महानिर्देशक नियुक्त भएका दीर्घराज मैनालीले नक्कली भ्याट बिल बनाएर राजस्व चुहावट भएको आशंकामा अनुसन्धान अघि बढाएका थिए । त्यतिवेलै चैत ०८० सम्मा अनुसन्धान सकेर कर निर्धारण गर्न निर्देशनसमेत भएपनि कार्यालयले व्यवसायी खोज्ने र अनुसन्धान प्रक्रिया अघि बढाउने काम गरेका थिए । कार्यालयले कर निर्धारण गरेको अधिकांश करदाताको कारोबार आव ०७०/७१ देखि ०७५/७६ सँग सम्बन्धित रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij