Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

यूएनडीपीका एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक र अर्थमन्त्री बीच भेटवार्ता


नया सडक

२०८१, वैशाख २० बिहीबार

  • 96
    Shares

  • यूएनडीपीका एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक र  अर्थमन्त्री  बीच भेटवार्ता

    काठमाडौं । संयुक्त राष्ट्रसंघका सहायक महासचिव एवम् राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले   अर्थमन्त्री वर्षमान पुनसँग भेटेर  जलवायु परिवर्तनसम्बन्धी विषयमा छलफल गरेकी छिन् ।

    images

    यूएनडीपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिको बैठकमा भाग लिन नेपाल आएकी विगनाराजाले  बिहीबार मन्त्री पुनलाई भेटेकी हुन् ।

    यूएनडीपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्‍गोडा लाबे विग्नाराजाले आफूसहितको टोलीले सोलुखुम्बु हिमालय क्षेत्रको भ्रमण  गरेको र त्यहाँस्थित इम्जा ताल निरीक्षण गरेको जानकारी दिइन् ।

    यूएनडीपीको आर्थिक तथा प्राविधिक सहयोगमा इम्जा हिमतालमा जमेको हिउँ बाहिर निकालेर ताल फुट्न सक्ने जोखिम घटाइएको थियो । यूएनडीपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो । आगामी दिनमा त्यस्तै जोखिममा रहेकाका सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको यूएनडीपीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस