काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख २८ गते संसद अधिवेशन आह्वान गरेका छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्का्े बैठकबाट निर्णय भए अनुसार संसद अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी विज्ञप्तिमा उल्लेख छ । संसदको अधिवेशन बैशाख २ गते अन्त्य गरिएको थियो ।