Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

भन्सार छली लान खोजिएको पचास लाख बढीको मालवस्तु पर्सा प्रहरीको नियन्त्रणमा


नया सडक

२०८१, वैशाख २३ आइतबार

  • 687
    Shares

  • भन्सार छली लान खोजिएको पचास लाख बढीको मालवस्तु पर्सा प्रहरीको नियन्त्रणमा

    काठमाडौं । भन्सार छली लान खोजिएको पचास लाख बढीको मालवस्तु पर्सा प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको ५० लाख ९२ हजार ५ सय ४० रुपैयाँ बराबरको खुद्रा तथा लत्ताकपडा लोडरहेको ट्रकहरू राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको हो ।

    विशेष सूचनाको आधारमा पर्सा जिल्ला कार्यालयबाट खटिएको सो प्रहरी टोलीले विभिन्न स्थानहरूबाट गरी अन्दाजी ५०लाख ९२हजार ५सय ४०रुपैयाँ बराबरको कपडा, खुद्रासामान, चिनी, र प्याजलगायतका मालवस्तु वैशाख २१ गते राजस्व अनुसन्धान कार्यालय पथलैया आवश्यक कारवाहीको लागि बुझायो ।

    वैशाख २१ गते अन्दाजी१ बजेर २० मिनेट जाँदा वीरगञ्ज महानगरपालिका वडा न ८ घन्टाघरस्थित सडकखण्डबाट ना.६ ख ७९७२ नम्बरको ट्रक नियन्त्रणमा लिइएको थियो । यो ट्रकमा अन्दाजी २० लाख १५ हजार ६ सय८५ रुपैयाँ बराबरको कपडा तथा खुद्रा सामान रहेको प्रहरीले जनाएको छ ।यसैगरी वैशाख २१ कै दिन २ बजेतिर वीरगञ्ज महानगरपालिका वडान् १४ गण्डक चोक स्थित ना.८ ख ८७१२ नम्बरको ट्रक नियन्त्रणमा लिइएको थियो । सो ट्रकमा अन्दाजी .३०लाख ७६हजार ८सय ५५रूपैयाँ बराबरको खुद्रा तथा खाद्यान्न सामानहरू रहेको प्रहरीले जनाएको छ ।प्रहरीले नियन्त्रणमा लिएका यी मालवस्तुबारे थप अनुसन्धान गर्न राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस