Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते


नया सडक

२०८१, वैशाख २३ आइतबार

  • 450
    Shares

  • प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते

     

    भक्तपुर ।चाँगुनारायण नगरपालिका‐२ दुवाकोटमा सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाइ कार्पेट कारखानामा आज भएको आगलागी नियन्त्रणका क्रममा दुई जना घाइते भएका छन् । 

     

    आगलागी भएको जानकारी पाएपछि दुवाकोटस्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेपलाञ्चोकबाट आएको सात वटा दमकल, भक्तपुर, ललितपुरबाट आएका चार वटा पानी ट्याङ्कर र स्थानीयको सहयोगमा पाँच घण्टा लगाएर आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । 

     

    उहाँका अनुसार आगो निभाउने क्रममा घाइते भएका रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ घर भई हाल दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठको इवामुरा अस्पतालमा र भारत बङ्गाल घर भई हाल दुवाकोट बस्ने २९ वर्षीय मनु उर्वाको इवामुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको छ । उर्वा गम्भिर घाइते भएकाले थप उपचारका लागि कीर्तिपुर लगिएको उहाँले जानकारी दिनुभयो ।

     

    आगलागीबाट रु एक करोड ८० लाख बराबरको क्षति भएको भन्दै प्रनाउ कार्कीले आगलागीको कारण भने नखुलेको जानकारी दिनुभयो ।रासस

     

    प्रतिक्रिया दिनुहोस