Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

ललितपुरको बाफलमा आगलागी, पाँच घाइते


नया सडक

२०८१, वैशाख २३ आइतबार

  • 543
    Shares

  • ललितपुरको बाफलमा आगलागी, पाँच घाइते

    पाटन । ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् । 

    जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले आज बिहान बाफलस्थित मोबिल सङ्कलन गरी राखिएको एक टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका जानकारी दिनुभयो ।  घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

     आगलागीबाट रौतहट जिल्ला घर भई हाल बाफल बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत उहाँका तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते हुनुभएको छ ।

    अहिले आगलागी नियन्त्रणमा आइसकेको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस