Logo

Apr 05 2025 | २०८१, चैत २३गते

Apr 05 2025 | २०८१, चैत २३गते

images

आज कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

आज कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij