Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मिथिला लघुवित्तको खुद नाफा साढे ४१ प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख २४ सोमबार

  • 537
    Shares

  • मिथिला लघुवित्तको खुद नाफा साढे ४१ प्रतिशतले बढ्यो

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको खुद नाफा ४१ दशमलव ५१ प्रतिशत बढी भएको हो । स वर्ष कम्पनीको सञ्चालन नाफा भने ४४ दशमलव २९ प्रतिशत बढेको छ । गत वर्ष २ करोड ४४ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३ करोड ५३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

    हाल कम्पनीको चुक्तापूँजी १९ करोड ६० लाख रूपैयाँ रहेको छ । १५ प्रतिशत बोनस शेयरमार्फत कम्पनीले चुक्तापूँजी बढाएको हो । जगेडा कोष रकम गत वर्ष १३ करोड ६७ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष १३ करोड ६० लाख रूपैयाँभन्दा बढी कायम छ । कर्जा सापटी ११ प्रतिशतभन्दा बढी गरेको कम्पनीले ११ प्रतिशतभन्दा बढीनै कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने करिब १७ प्रतिशत बढी भएको छ । यस वर्ष कम्पनीले १ अर्ब ५४ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ भने २ अर्ब ६२ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस