Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

शिक्षा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर घट्दै, अर्थतन्त्रमा योगदान बढ्दै


नया सडक

२०८१, वैशाख २४ सोमबार

  • 573
    Shares

  • शिक्षा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर घट्दै, अर्थतन्त्रमा योगदान बढ्दै

    काठमाडौं । शिक्षा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर बर्सेनि घट्दै गइरहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।
    राष्ट्रिय लेखा तथ्यांककाअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्म शिक्षा क्षेत्रको वृद्धिदर २.७१ प्रतिशत हुने छ  ।यो पूर्वानुमान वृद्धि वितगका वर्षहरूको तुलनामा एकदमै न्यून हो ।

    सो तथ्यांक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९÷०८० मा शिक्षा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९ प्रतिशत थियो भने आव २०७८÷०७९ मा ४.६६ प्रतिशत र आव २०७७÷०७८ मा ३.९२ प्रतिशत रहेको थियो ।यसैगरी आव २०७६÷०७७ मा ३.२० प्रतिशत, आव २०७५÷०७६ मा ५.९८ प्रतिशत, आव २०७४÷०७५ मा ५.८३ प्रतिशत, आव २०७३÷०७४ मा ७.२१ प्रतिशत र आव २०७२÷०७३ मा ७.१५ प्रतिशत वृद्धिदर रहेको थियो ।सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता राखेको बताउँदै आए पनि यस क्षेत्रको वृद्धिदर भने बर्सेनि घट्दै गएको देखिन्छ । 

    बर्सेनि कुल मूल्य अभिवृद्धि वृद्धिदर घटेपनि अर्थतन्त्रमा शिक्षा क्षेत्रको योगदान भने बढ्दै गएको छ । चालु आर्थिक वर्षको अुसारसम्म कुल अर्थतन्त्रमा शिक्षा क्षेत्रको योगदान ८.५ प्रतिशत हुन सक्ने अनुमान छ । आर्थिक वर्ष २०७९÷०८० मा कुल ग्राहस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान ८.३४ प्रतिशत थियो ।

    यसैगरी  आर्थिक वर्ष २०७८÷७९ मा ७.९४ प्रतिशत, आव २०७७÷७८ मा ७.९९ प्रतिशत, आव २०७६÷७७ मा ८.४१ प्रतिशत, आव २०७५÷७६ मा ७.५३ प्रतिशत योगदान शिक्षा क्षेत्रको थियो ।आर्थिक वर्ष २०७४÷७५ मा ७.२९ प्रतिशत, आव २०७३÷७४ मा ७.२७ प्रतिशत र आर्थिक वर्ष २०७२÷७३ मा कुल अर्थतन्त्रमा शिक्षा क्षेत्रको योगदान ६.८९ प्रतिशत रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस