Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रधानमन्त्री प्रचण्डले यातायात व्यवस्था विभागका कर्मचारीलाई बोलाएर जनस्तरमा उठेका सवाल र समस्याको समाधान गर्न भने


नया सडक

२०८१, वैशाख २४ सोमबार

  • 699
    Shares

  • प्रधानमन्त्री  प्रचण्डले यातायात व्यवस्था विभागका कर्मचारीलाई बोलाएर जनस्तरमा उठेका सवाल र समस्याको समाधान गर्न भने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवस्था विभागका कर्मचारीलाई बोलाएर जनस्तरमा उठेका सवाल र समस्याको समाधान गर्न भनेका छन् ।सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा सहभागी भएका कर्मचारीहरूलाई प्रधानमन्त्री प्रचण्डले यस्तो भनेका हुन् ।  

    प्रधानमन्त्री  प्रचण्डले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरे ।

    छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिए ।

    उक्त क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ, त्यसबारे ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिए ।

    छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका अधिकारीहरूको उपस्थिति थियो

    प्रतिक्रिया दिनुहोस