काठमाडौं । आज नेप्से परिसूचक १५.६८ प्रतिशतले घटेर १९५८.७५ विन्दुमा आएको छ । आज २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विकास बैंकबाहेक बाँकी सबै समूहका सूचक घटेको छ ।
यस दिन ३१० कम्पनीको ६९ लाख ७८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३१ करोड ९८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स कम्पनी अग्रस्थानमा आएको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र पोखरा फाइनान्स परेका छन् ।