Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

आजदेखि चक्रबहादुर बुढाले सम्हाले राजस्व अनुसन्धान विभागको कमाण्ड, यस्ता छन् बुढासामु चुनौती


नया सडक

२०८१, वैशाख २४ सोमबार

  • 1.9k
    Shares

  • आजदेखि चक्रबहादुर बुढाले सम्हाले राजस्व अनुसन्धान विभागको कमाण्ड, यस्ता छन् बुढासामु चुनौती

    काठमाडौं । राजस्व अनुसन्धान विभागमा सरुवा भएका चक्रबहादुर बुढाले आजदेखि  राजस्व अनुसन्धान विभागको कमाण्ड सम्हालेका छन् ।राजस्व अनुसन्धान विभागमा गत शुक्रबार सरुवा भएका बुढाले औपचारिकरूपमा सोमबारदेखि विभागको कमाण्ड सम्हालेका हुन् ।

    अनुसन्धान विभागका निर्देशक तथा कर्मचारीहरूले  यसअघिका महानिर्देशक नवराज ढुंगानाको विदाइ र नवनियुक्त महानिर्देशक बुढाको स्वागत गरे ।

    यस्ता छन् बुढाका चुनौतीहरू

    मुलुकको अर्थतन्त्र शिथिल भएको अवस्थामा राजस्व अनुसन्धानमा सरुवा भएर आएका बुढाका सामु थुप्रै चुनौतीका चाङहरू रहेका छन् । अर्थतन्त्र थिलथिल भएको अवस्थामा राजस्व चुहावट नियन्त्रण गर्नु बुढाको प्रमुख चुनौती हो ।

    बुढाको अर्को चुनौती भनेको आन्तरिक र बाह्य स्वार्थ समूहहरूलाई मिलाएर समदूरीमा लानु हो ।यसैगरी बुढाले आन्तरिक टिमवर्क बनाउनु, त्यसको कार्यान्वयन गर्नु  र कार्यान्वयनको नतिजा अपेक्षा अनुकूल ल्याउनु हो ।विभागमा वर्षौदेखि थन्किएर रहेका राजस्व छलीका कैयन फाइलहरूलाई अनुसन्धान गरी निष्कर्षमा पु¥याउनु बुढालाई फलामको च्यूरा चपाएसरह हुनेछ ।

    यसैगरी चोरी तस्करी नियन्त्रण गर्नु, राजस्व चुहावटसम्बन्धी अनुसन्धान,तहकिकात र अभियोजन गर्नु पनि बुढाका चुनौती हुन् । साथै विदेशी विनिमय सम्बन्धी विभिन्न अनुसन्धान तथा तहकिकात गर्नु र त्यसलाई नियन्त्रण गर्नु बुढाका चुनौती हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेको राजस्व अनुसन्धान विभागले गर्ने हरेक काम र क्रियाकलाप सिधै प्रधानमन्त्रीसम्म जोडिने हुँदा त्यसको ओज र गरिमा राख्न सक्नुपनि बुढाका चुनौती हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस