Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

भारतले मागेजति बिजुली नदिँदा लोडसेडिङ भएको मन्त्रीको खुलासा


नया सडक

२०८१, वैशाख २४ सोमबार

  • 666
    Shares

  • भारतले मागेजति बिजुली नदिँदा लोडसेडिङ भएको मन्त्रीको खुलासा

    काठमाडौं । भारतले मागेजति बिजुली नदिँदा लोडसेडिड भएको छ ।अर्थमन्त्री वर्षमान पुनले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।

    भारतले चुनावलाई देखाएर मागेजति विद्युत नदिँदा नेपालमा लोडसेडिङ भएको बताउँदै मन्त्री पुनले प्रसारण लाइनमा रहेको विद्युतले पनि उद्योगमा लोडसेडिङ भएको बताए ।

    यसअघि  हिउँदमा एक तिहाई उत्पादन हुँदै आएको  बिजुली एक चौथाइमा झरेको छ ।  वर्षायाममा ३२ सय मेगावाट उत्पादन हुनेमा अहिले ८ सयमा झरेको छ ।  यस्तोमा भारतले चुनावलाई देखाउँदै बिजुली नदिएको पुनले बताए ।

    समग्र अर्थतन्त्रमा शिथिलता देखिए पनि गत वर्षभन्दा यस वर्ष आर्थिक वृद्धिदर बढी रहेको जनाउँदै मन्त्री पुनले उत्पादनसँग सम्बन्धित उद्योग र निर्माण क्षेत्रमा पनि समस्या देखिएकाले त्यसको समाधानमा सरकार लागिपरेको विश्वास दिलाए ।

    पछिल्लो समय उद्योगीहरूले लोडसडिङ भएको बताउँदै आएपनि नेपाल विद्युत प्राधिकरण भने यसलाई लोडसेडिङ भन्न नमिल्ने दाबी गरिरहेको छ ।
    सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको बताए ।साथै उनले आत्मविश्वासको कमी भएका उद्योगी व्यवसायीले अहिले आत्मबल बढाउन आवश्यक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस