Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

ब्रोकर कमिसन घट्यो, लगानीकर्तालाई राहत


नया सडक

२०८१, वैशाख २४ सोमबार

  • 603
    Shares

  • ब्रोकर कमिसन घट्यो, लगानीकर्तालाई राहत

    काठमाडौं । नेपाल धितोपत्र बोडले ब्रोकर कमिसन घटाएको छ । आज बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमसिन घटाएको हो । नेपाल धितोपत्र बोर्डका अनुसार बोर्ड सञ्चालक समितिको आइतबार बसेको बैठकले जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिसन घटाउने निर्णय भएको हो ।

    बोर्डले ब्रोकर कमिसन १० प्रतिशत घटाउने निर्णय गरेकोमा छ ।  हाल कायम कमिसनमा १० प्रतिशत घटाउने निर्णय गरिएको हो

     जेठ १ गतेदेखि लागु हुने  यो निर्णय ४/५ महिना पहिला नै भएको हो ।  अर्थमन्त्रालयमा अड्किएको थियो । २/३ साता अघि अर्थमन्त्रालयबाट स्वीकृत भएर आएको हो ।

    हाल ५० हजार रुपैयाँसम्म कारोबारमा ०.४० प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत कमिसन लाग्दै आएको छ । यस्तै, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।

    अब ब्रोकर कमिसन १० प्रतिशत कम हुनेछ । जेठ १ गतेदेखि ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत, २० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.२७ प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ ।

    यो निर्णयबाट लगानीकर्ताहरूलाई केही राहत पुग्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस