Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

करको दायरा परिवर्तन पारदर्शी हुनेछ : अर्थमन्त्री पुन


नया सडक

२०८१, वैशाख २४ सोमबार

  • 573
    Shares

  • करको दायरा परिवर्तन पारदर्शी हुनेछ : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षामान पुनले अबका दिनमा करका दर निर्धारण औचित्यपूर्ण हुने जनाउनुभएको छ ।

    लोकान्तर डट कमको आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित आर्थिक बहस कार्यक्रममा मन्त्री पुनले सरकारले राजस्व परामर्श समितिको सिफारिस र सरोकारवाको सुझावका आधारमा पारदर्शी रूपमा करको दायरा हेरफेर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उहाँले विदेश जानेको सङ्ख्या घटेको र गएकालाई फर्काउन प्रयास भइरहेको बताउनुभयो । विदेश गएकाबाट ज्ञान, सीप र पुँजी हस्तान्तरणको प्रक्रिया जारी रहेको बताउनुहुँदै उहाँले सूचना प्रविधिका क्षेत्रमा यस्को राम्रो उदाहरण देखिएको उल्लेख गर्नुभयो ।

    उहाँले आगामी बजेटमा जनतामा आशा जगाउने र युवालाई प्रोत्साहन हुने कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । बहसमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल, गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाललगायत सहभागी हुनुहुन्थ्यो ।रासस

    प्रतिक्रिया दिनुहोस