Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सर्वोत्तम सिमेन्टको नाफा ३२.३० प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख २५ मंगलबार

  • 588
    Shares

  • सर्वोत्तम सिमेन्टको नाफा ३२.३० प्रतिशतले बढ्यो

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सर्वोत्तम सिमेन्टले १२ करोड ७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३२ दशमलव ३० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ९ करोड १२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालनबाट आम्दानी २५ प्रतिशत बढी भएको छ । कुल खर्च भने करिब ५ प्रतिशत भएको छ । गत वर्ष ४९ करोड ९० लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष ५२ करोड २८ लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो ।
    हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रूपैयाँ रहेको छ ।

    जगेडा कोष रकम ३३ करोड ६८ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अन्य जगेडा कोष रकम भने ४ अर्ब ९० करोड रूपैयाँभन्दा बढी छ ।

    प्रतिक्रिया दिनुहोस