Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २५ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू........


नया सडक

२०८१, वैशाख २५ मंगलबार

  • 681
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २५ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २५ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिटिजन लाइफको दोस्रो बजारको शेयर कारोबार रोकेको छ । नेप्सेले बजारको स्वच्छतामा आँच आएको भन्दै कम्पनीको शेयर कारोबार रोकेको हो ।  लाभांश बीमा प्राधिकरणले रद्द गर्न निर्देशन दिएको थियो । सो निर्देशनबमोजिम कम्पनीले मंगलवार घोषित लाभांश रद्द गरेको सूचना नेप्सेमार्फत जारी गरेको छ ।

    पिपुल्स पावरलाई हकप्रद बिक्री गर्न विद्युत नियमन आयोगको स्वीकृति

    काठमाडौं ।  पिपुल्स पावर लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । यसअघि आयोगले हकप्रद सम्बन्धी प्रस्ताव साधारण सभामा पेश गर्न अनुमति दिएको थियो । सभाबाट उक्त प्रस्ताव पारित भएपछि अब यस हाइड्रोपावरले हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति लुनपर्ने हुन्छ । बोर्डबाट अनुमति पाएपछि मात्र हकप्रद सेयर बिक्री खुला हुनेछ । 

    शेयर बजार : नेप्से परिसूचक २.०६ प्रतिशतले बढेर  १९६०.८१ विन्दुमा , २ अर्ब १४ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक २.०६ प्रतिशतले बढेर  १९६०.८१ विन्दुमा आएको छ । यस दिन करिब २ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज १३ मध्ये ४ वटा समूहका सूचकमात्र बढेको छ । 
    यस दिन ३१४ कम्पनीको ५० लाख ६४ हजार कित्ता सेयर कारोबार भएको छ । ८ करोड ३२ लाख रुपैयाँसहित कारोबार रकममा पोखरा फाइनान्स अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः आरएसडीसी लघुवित्त र हिमालयन लघुवित्त परेका छन् ।

    लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ निष्कासन गर्ने , विशेष साधारण सभा जेठ १६ गते

    काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणमा अंकित मूल्यमै आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि कम्पनीले जेठ १६ गते विशेष साधारण सभा बोलाएको छ ।

    वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय हेटौडा, मकवानपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    प्रभु महालक्ष्मी लाइफको १ लाख ९० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ७०० कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिूय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नझएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर वित्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

    लक्ष्मी लघुवित्तको खुद नाफा ४ करोड ४४ लाखभन्दा बढी

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ४४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड ८९ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

    हाल कम्पनीको चुक्तापूँजी ४४ करोड १६ लाख ६२ हजार रूपैयाँ रहेको छ । रिटर्न अर्निग १ करोड ८९ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम ३६ करोड ५५ लाख रूपैयाँभन्दा बढी रहेको छ । यस वर्ष कम्पनीले २ अर्ब २७ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी कर्जा सापटी लिएको छ ।कर्जा प्रवाह रकम भने ६ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी रहेको छ ।

    गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल नियुक्त

    काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा पुन एनआईएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

    कम्पनीले बैशाख २५ गते देखि लागू हुने गरी शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटललाई पुन १ वर्षको लागि नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो ।

    सर्वोत्तम सिमेन्टको नाफा ३२.३० प्रतिशतले बढ्यो

    काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सर्वोत्तम सिमेन्टले १२ करोड ७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३२ दशमलव ३० प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ९ करोड १२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालनबाट आम्दानी २५ प्रतिशत बढी भएको छ । कुल खर्च भने करिब ५ प्रतिशत भएको छ । गत वर्ष ४९ करोड ९० लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष ५२ करोड २८ लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो ।

    सिटिजन लाइफ इन्सुरेन्सको लाभांश रद्द

    काठमाडौं ।  सिटिजन लाइफ इन्सुरेन्सको लाभांश रद्द भएको छ । कम्पनीले सेयर प्रिमियमबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको हो । नेपाल बिमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि यस इन्सुरेन्सको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो ।

    आज साना किसान लघुवित्तको २ लाख ११ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर भर्ने आज (वैशाख २५ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ३३० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    अग्राधिकार शेयर भनेको के हो ?

    काठमाडौं । कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफिरेन्स शेयर भनिन्छ । अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ । कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्दछ । साधारण शेयर बापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैं एउटै हुने सुनिश्चित हुन्छ ।

    ६० किलो सुन तस्करी प्रकरणमा एआइजीसहित १० जनालाई कारबाही गर्न राय बुझाइयो

    काठमाडौं ।  सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न गठन गरिएको समितिले डीआइजीलगायतका व्यक्तिहरूलाई कारबाही गर्न सिफारिससहितको  राय दिएको छ ।  गृह मन्त्रालयका सहसचिव भरतमणि रिजाल नेतृत्वको समितिले प्रतिवेदन अध्ययन गरेर राय बुझाएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले जानकारी सार्वजनिक गरेका हुन् ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की तत्कालीन प्रमुख एआईजी किरण बज्राचार्यसहितका प्रहरी अधिकृतहरूलाई प्रहरी नियमावली–२०७१ र सहसचिव झलकराम अधिकारी समेतका कर्मचारीलाई निजामती सेवा ऐन–२०४९ अनुसार कारबाही गर्न प्रतिवेदनमा  भनिएको छ ।

    तोलामा रु आठ सयले बढ्यो सुनको मूल्य , प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँ

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ३६ हजार ४०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको १६ सय ७५ रुपैयाँ कायम भएको छ ।

    सगरमाथा आरोहण गर्न चार सय १४ जनाले लिए अनुमति

    काठमाडौँ ।सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् ।

     

    पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।

     

         विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङका अनुसार यो याममा सगरमाथासहित ३० हिमाल आरोहणका लागि एक सय १२ आरोही समूहका नौ सय ७१ आरोहीले अनुमति लिएका छन् । हिमाल आरोहणको अनुमतिवापत हालसम्म रु ६७ करोड ४७ लाख १४ हजार ६१ रोयल्टी जम्मा भएको छ । सगरमाथाबाट मात्रै रु ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ रकम उठेको छ ।

    विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने सरकारको तयारी

    काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप) मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ ।

    केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।

    सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको उनले बताए ।

    एक मुष्ट २० अर्ब बुझाएर टेलिकिमले जीएसएम सेलुलर मोबाइलको लाइसेन्स नवीकरण गराउँदै

    काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइलको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न  एकमुष्ट  २० अर्ब रुपैयाँ दस्तूर तिर्ने निर्णय गरेको छ । लाइसेन्सको   २५ वर्षे अवधिको म्याद  आगामी २८ वैशाखमा सकिन लागेकोले नेपाल टेलिकमले तेस्रो पटकको नवीकरणको बक्यौता दस्तूर तिर्न लागेको हो ।

    टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार अनुमतिपत्र पाएको २०औं वर्षमा हुने नवीकरणबापत तिर्नुपर्ने करिब २० अर्ब रकम भुक्तानी गर्न चेक काटेर प्रक्रिया अगाडि बढाइएको हो । टेलिकमले यसअघि लाइसेन्स शुल्कबापत तिरेको करिब १८ करोड ९० लाख कटौती गरेर करिब २० अर्ब रुपैयाँ शुल्क एकैपटक तिर्न लागेको हो ।

    करिब ५५ अर्ब रुपैयाँ बैंकको मुद्धति निक्षेपमा राखेर ब्याजबाट कमाइरहेको टेलिकमले यो शुल्क तिर्न किस्ताबन्दी सुविधा मागेको थियो । तर, सरकारले नमानेपछि सबै रकम एकैपटक तिर्न तयार भएको हो ।

    सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरी पीडितहरूको रकम फिर्ता गर्ने सरकारको निर्णय

    काठमाडौं । सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरी पीडितहरूको बचत फिर्ता गर्ने निर्णय सरकारले गरिसकेको छ ।मंगलबार सभामुख देवराज घिमिरेले दलका शिर्ष नेताहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानीमा  गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । 

    देशमा रहेका धेरै बेथिति विसंगति  अन्त्य गर्नका लागि सबै दलहरु मिल्नुपर्ने बताउँदै गृहमन्त्री लामिछानेले सरकार सहकारीको समस्या समाधान गर्न कटिवद्ध रहेको जनाए ।

    सहकारीका समस्या समाधानका लागि सरकारले मन्त्रीपरिषद्को बैठकबाट फास्ट ट्रयाकमा बचतकर्ताहरुको रकम फिर्ता गराउन फरार, दोषी, सम्पर्कमा नरहेका सञ्चालकहरुको सम्पती जफत गरेर भएपनि बचतकर्ताहरुको पैसा फिर्ता दिने निर्णय गरिसकेको उनले खुलाए ।

    कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

    नवलपुर। विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । 

     

    सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम चाँडै सम्पन्न गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरेको जनाएको हो । 

     

    कम्पनीका ठेक्का सहव्यवस्थापक राकेश झाले नारायणगढ–बुटवल सडकको कालोपत्र गर्ने काम चाँडो सम्पन्न गर्न प्रतिघण्टा चार सय मेट्रिक टन क्षमताको ‘हटमिक्स प्लान्ट’ जडान गरिएको बताउनुभयो । प्लान्टमा बालुवा, ढुङ्गा, गिट्टी र अलकत्र हालेपछि मेसिनले आफैँ अलकत्रलाई पगालेर अस्फाल्ट (कालोपत्र गर्ने तयारी कच्चा पदार्थ) बनाएर पठाउने उहाँले बताउनुभयो ।

    सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैनः अर्थमन्त्री पुन

    काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट पार्नुभएको छ । बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पुनले सरकार निजी क्षेत्रको अभिभावक पनि भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

    “राज्यका निकायले निजी क्षेत्रलाई तर्साउने र निरुत्साहित गर्ने काम गर्दैन”, उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन र सहजीकरण गर्ने हो ।” त्यसअवसरमा मन्त्री पुनले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटसँग मौद्रिक नीतिको सामाञ्जस्यता कायम गरिने समेत जानकारी दिनुभयो । त्यसका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको उहाँको भनाइ थियो । “सरकार र नियामक भनेकै राज्य हो । राज्यको उद्देश्य र नीति एउटै हुन्छ”, उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिन्छ ।” मन्त्री पुनले गत वर्षको तुलनामा यस वर्ष अर्थतन्त्र चलायमान भएको र चालु आर्थिक वर्षभन्दा आगामी वर्ष थप चलायनमा हुने गरी बजेट ल्याउने तयारीमा आफू रहेको बताउनुभयो । पुनले संविधानले निर्दिष्ट गरेको नीतिभित्र बसेर राज्यका निश्चित उद्देश्य प्राप्तिका लागि सहकार्य गरिने पनि उल्लेख गर्नुभयो ।

    विश्व बैंकद्वारा नेपालका लागि  साढे १० अर्ब बढीको ऋण स्वीकृत

    काठमाडौं । विश्व बैंकले नेपालका लागि ८ करोड अमेरिकी डलर नेपाली रुपैयामा १० अर्ब ६ड करोड विकास नीति सहायता ऋण दिन स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी बोर्ड बैठकबाट यस्तो निर्णय गरिएको हो ।

    यो विकास नीति सहयोग ऋणबाट नेपालको आर्थिक वृद्धिलाई टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैकिङ र बीमा क्षेत्रलाई यसबाट मजबुती प्राप्त हुने अपेक्षा गरिउको छ । नेपालले लिएको हरित अर्थनीतिसँग जोडिएका कार्यक्रमहरूलाई पनि यसबाट सहयोग पुग्ने विश्वास गरिएको छ ।

    कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

    नवलपुर (नवलपरासी)।  विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम चाँडै सम्पन्न गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरेको जनाएको हो ।

    कम्पनीका ठेक्का सहव्यवस्थापक राकेश झाले नारायणगढ–बुटवल सडकको कालोपत्र गर्ने काम चाँडो सम्पन्न गर्न प्रतिघण्टा चार सय मेट्रिक टन क्षमताको ‘हटमिक्स प्लान्ट’ जडान गरिएको बताउनुभयो । प्लान्टमा बालुवा, ढुङ्गा, गिट्टी र अलकत्र हालेपछि मेसिनले आफैँ अलकत्रलाई पगालेर अस्फाल्ट (कालोपत्र गर्ने तयारी कच्चा पदार्थ) बनाएर पठाउने उहाँले बताउनुभयो । यस प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको खण्डमा जडित क्षमताको ८० प्रतिशतसम्म कार्य क्षमता हुने भन्दै उहाँले दैनिक दुई किलोमिटरसम्म कालोपत्र गर्न सकिने बताउनुभयो ।

    रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

    काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्नेे बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताउनुभयो ।

    “तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकारले लगातार कूटनीतिक पहल गरिरहेको छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।” नेपाली नागरिकको जीवन रक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

    सहकारीले बैंक भन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गरेकाले समस्या उत्पन्न

    काठमाडौं । काठमाडौं । सहकारीले बैंक भन्दा बढी कारोबार गर्ने प्रतिस्पर्धा गरेकाले समस्या उत्पन्न भएको कारण औँल्याइएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन) ले आयोजना गरेको लेखा सुपरीवेक्षण राष्ट्रिय गोष्ठीका प्रमुख अतिथि भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले यस्तो बताएका हुन् ।

    उनले सहकारीहरु आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरित अस्वस्थ प्रतिस्पर्धामा लाग्दा समस्या सिर्जना भएको बताए .।उनले भने   ‘सहकारीहरु बैंकभन्दा ठूलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरित काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन, सहकारीमा आवद्धहरुले नै समाधान गर्ने हो, सरकारले सल्लाह दिने हो, यो बाटो जाउ भन्ने हो । सरकारले समस्या समाधान गर्ने होइन’,

    भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु

    नयाँदिल्ली । भारतमा आज लोकसभाको ९३ स्थानका लागि मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार देशका १२ राज्य र केन्द्रशासित प्रदेशमा बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ । 

    तेस्रो चरणमा आसामका ४, बिहारका ५, छत्तीसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, महाराष्ट्रका ११, मध्यप्रदेशका ८, उत्तर प्रदेशका १०, पश्चिम बंगाल राज्यका ४ र केन्द्रशासित नगर हवेली एवं दामनका २ स्थानमा चुनाव हुँदैछ । 

    यस चरणमा १२० जना महिला सहित एक हजार ३०० उम्मेदवार चुनावी मैदानमा छन् । करिब १७ करोड मतदाता आजको निर्वाचनमा सहभागी हुँदैछन् जसका लागि १ लाख ८५ हजार मतदान स्थल रहेको आयोगको भनाई छ ।

    बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

    धरान । देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगनीमा बेकरी उद्योग सञ्चालन गर्नुभएको छ । उहाँहरूले रु १० लाख लगानीमा धरान उपमहानगरपालिका–१२ को अमान बजारमा बिस्कुट फ्याक्ट्री खोलेको उद्योग अहिले कोशी प्रदेशमा दोस्रो ‘लाइभ बेकरी’का रूपमा ब्रदर्श बेकरी स्थापित भएको उद्यमीहरू  बताउँछन् । 

     

     
     
     
     
     

     

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस