Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images
सेयर शिक्षा

बुक बिल्डिङ भन्नाले के बुझिन्छ र कसरी गरिन्छ ?

बुक बिल्डिङ भन्नाले के बुझिन्छ र कसरी गरिन्छ ?

  • बुक बिल्डिङ धितोपत्र निष्काशन गर्ने एक प्रक्रिया हो जसमा निष्काशनकर्ता संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशनगर्नका लागि प्रस्ताव गरिने मूल्य निर्धारण गर्ने प्रयास गर्दछ । बुक बिल्डिङका लागि देहाय अनुरुपको प्रकृया रहने गर्दछ ।
     निष्काशनकर्ता संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्दछ ।
     उक्त विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको
    सहभागितामा छलफल कार्यक्रम सञ्चालन गरी बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्तासंग निजले चाहेका न्यूनतम
    खरिद संख्या, आशय मूल्य र सो को मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग गर्दछ ।
     योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त भएको आशय मूल्यका आधारमा निष्काशनकर्ता संगठित संस्थाले धितोपत्रको बिक्री मूल्य
    सीमा निर्धारण गरी मूल्य सीमा भित्रको आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल प्रकृयामा सहभागी
    गराई धितोपत्रको बिक्री गर्दछ ।
     आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले बोलकबोलका लागि आवेदन गर्न आशय मूल्य पेश गर्दा उल्लेख गरिएको
    धितोपत्र संख्या र मूल्यभन्दा कम हुने गरी बोलकबोल गर्न पाइंदैन भने कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित
    धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न पाईंदैन । यसरी धितोपत्र बिक्री गर्दा संगठित
    संस्थाले योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारणलाई ६० प्रतिशत धितोपत्र निष्काशित
    गरी बिक्री गर्नुपर्दछ ।
    कस्ता संगठित संस्थाले बुक बिल्डिङ विधि मार्फत् सार्वजनिक निष्काशन गर्न सक्तछन् ?
    संगठित संस्थाले बुक बिल्डिङ विधि मार्फत् धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनका लागि देहाय बमोजिमको योग्यता
    पुगेको हुनुपर्दछः
     संगठित संस्था विगत तीन आर्थिक वर्ष देखी लगातार खुद मुनाफामा सञ्चालनमा रहेको ।
     संगठित संस्थाको साधारण सभाले बुक विल्डिङ्ख विधि मार्फत्धितोपत्र जारी गर्ने निर्णय गरेको ।
     संगठित संस्थाको प्रति सेयर नेटवर्थ प्रति सेयर चुक्ता पुँजीको कम्तीमा १५० प्रतिशत रहेको ।
     संगठित संस्थाले कम्तीमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिंग प्राप्त गरेको ।
    बुक बिल्डिङ विधिमार्फत कस्ता संस्थागत लगानिकर्ताले निष्काशित धितोपत्र खरिद गर्न सक्छन् ?
    बुक बिल्डिङ विधिमार्फत निष्काशित धितोपत्र खरिद गर्न सक्ने योग्य संस्थागत लगानीकर्ताहरुमा बोर्डबाट स्वीकृति प्राप्त गरेका
    सूचिकृत संगठित संस्था, विशेष ऐनद्धारा स्थापित वित्तिय संस्था, सामूहिक लगानि कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मैर्चेन्ट
    बैंकर, मान्यता प्राप्त अवकाश कोष र बोर्डले समयसमयमा तोकेका अन्य कोष वा कम्पनी वा संस्था पर्दछन्।
    . बुक बिल्डिङ विधिको के महत्व छ ?
    बुक बिल्डिङ प्रणालीले उच्च नाफा कमाउने कम्पनीहरूलाई आफ्नो नेट वर्थको उचित मूल्यमा सेयर जारी गरी सेयर बजारमाप्रवेश गर्न प्रोत्साहित गर्दछ । बुक बिल्डिङ प्रणालीको मार्फत बजारमा स्थापित तथा उत्कृष्ट वित्तीय विवरण भएका कम्पनीहरुले उचित मूल्यमा सेयर जारी गर्ने अवसर सिर्जना हुन्छ । जसबाट धितोपत्र बजारको विकासमा सघाँउ पुग्दछ । बुक–बिल्डिङ विधि लागू हूँदा वास्तविक क्षेत्रका कम्पनीहरुलाई सार्वजनिक निष्काशन मार्फत पूँजी परिचालन गरी पूँजी बजारमा प्रवेश गर्न थप मद्दत पुग्दछ । .

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij