Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

राजेश मेटल क्राफ्ट्स र दन्तकाली हार्डवेयरबीचको विवाद उत्कर्षमा, के हो ?  विष्णु र अशोक अग्रवालको करपोरेट टकराव

राजेश मेटल क्राफ्ट्स र दन्तकाली हार्डवेयरबीचको विवाद उत्कर्षमा, के हो ?  विष्णु र अशोक अग्रवालको करपोरेट टकराव

  • काठमाडौं / विराटनगर । राजेश मेटल क्राफ्ट्स र दन्तकाली हार्डवेयरबीचको विवाद चरमोत्कर्षमा पुगेको छ । दन्तकाली हार्डवेयर र राजेश मेटल क्राफ्ट्सबीच ३ करोडको विवादले दुई व्यापारिक समूहबीच ‘करपोरेट वार ’ भएको हो ।राजेश मेटल क्राफ्टसको आधिकारिक बिक्रेता इटहरी सुनसरीको दन्तकाली हार्डवेयर हो । राजेश मेटल क्राफ्ट्सले आफ्नो आधिकारिक बिक्रेता दन्तकाली हार्डवेयरलाई दुई वर्ष अघि सवा दुई करोडको जस्तापाता दिएको थियो । 

    राजेश मेटल क्राफ्ट्सबाट उत्पादन भएको उक्त मूल्य बराबरको जस्तापाता दन्तकालीले लियो । दन्तकालीले लिएको जस्तापाता गुणस्तरहीन भएको उपभोक्ताले गुनासो गरेर बिक्री भएको जस्तापाता फिर्ता आउन सुरु भएपछि जस्तापाता गुणस्तरहीन भएको थाहा लाग्यो । दन्तकाली हार्डवेयरका सञ्चालक अशोककुमार अग्रवालका अनुसार स्टोर गरेर राखेको जस्तापाताको कलर उप्किने, फुसफुस भएजस्तो हुने भएपछि जस्तापाता फिर्ता लैजान राजेश मेटल क्राफ्ट्स र त्यसका सञ्चालक विष्णुकुमार अग्रवाललाई पटक पटक ताकेता गरे । तर राजेश मेटल क्राफ्ट्स र त्यसका सञ्चालकले जस्तापाता फिर्ता लगेनन् । अहिले उक्त जस्तापाता मेरो गोदाममा जस्ताको तस्तै छ ।

    दन्तकाली हार्डवेयरका सञ्चालक अशोककुमार अग्रवालले ३ करोडको   पीडीसी( पोस्ट डेटेड चेक) राजेश मेटल क्राफ्ट्सलाई दिए । राजेश मेटल क्राफ्ट्स र दन्तकाली हार्डवेयरबीच जस्तापाताको भुक्तानी ६० दिन भित्र गर्ने नगरे १२ प्रतिशतको दरले ब्याज लिनेदिने सहमति भयो ।

    dantkali.png

    सहमति अनुसार काम पनि हुँदै गयो । तर राजेश मेटल क्राफ्ट्सबाट उत्पादित जस्तापाता गुणस्तरहीन भएपछि जस्तापाता फिर्ता गर्न भनेदेखि दुई व्यापारिक समूहबीच भुसको आगो झैँ सल्किएको विवाद अहिले चरमोत्कर्षमा पुगेको छ ।

    dantkali1.png

    राजेश मेटलक्राफ्ट्सले आफ्नो उद्योगबाट उत्पादित गुणस्तरहीन जस्तापाता फिर्ता गर्नुको सट्टा दन्तकाली हार्डवेयरका सञ्चालक अशोक कुमार अग्रवाललाई जस्तापाताको रकम अविलम्ब भुक्तानी गर अन्यथा कालोसूचीमा राख्ने लगायतका प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको अशोक अग्रवालले नयाँ सडकलाई बताए ।

    दन्तकाली हार्डवेयरले राजेश मेटल क्राफ्ट्सका नाममा दिएको ३ करोडको पीडीसी चेकलाई आधार मानेर राजेश मेटल क्राफ्ट्सले दन्तकाली हार्डवेयर र त्यसका सञ्चालक अशोककुमार अग्रवाललाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढायो ।

    कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएपछि अत्तालिएका अशोककुमार अग्रवालले धरौटी राखेर १ करोड २६ लाख बढी राजेश मेटल क्राफ्ट्सलाई बुझाए । राजेश मेटल क्राफ्ट्सले चेकलाई नै आधार मानेर पुनः ब्याज रकम दिन दाबी गरेपछि अप्ठयारोमा परेका अशोककुमार अग्रवालले पुनः जेनतेन गरेर दाबी गरिएअनुसारको ब्याज रकम २८ लाख बढी बुझाए ।

    उक्त रकम बुझाएपछि पनि स्टोरमा राखेको जस्तापाता फिर्ता लैजान र जस्तापाता वापत आफूले तिरेको सवा दुई करोड रुपैया फिर्ता दिन राजेश मेटल क्राफ्ट्स र त्यसका सञ्चालकलाई पटक पटक अशोकले अनुरोध गरे ।

    तर राजेश मेटल क्राफ्ट्सले जस्तापाता फिर्ता लाने र पैसा फिर्ता दिने नमानेपछि अहिले अशोककुमार अग्रवाल हारगुहार गर्दै कहिले प्रधानमन्त्री कार्यालय, कहिले गुणस्तर तथा  सरोकारवाला निकायमा पुगेका छन् । अशोककुमार अग्रवाल हारगुहार गर्दै न्याय खोज्दै हिँडेपछि दुई व्यापारिक समूहबीचको टकराव सतहमा आएको हो ।

    यससम्बन्धमा राजेश मेटल क्राफ्ट्सका सञ्चालक विष्णुकुमार अग्रवालले आफूहरूको कुनै गल्ती नभएको बताउँदै नयाँ सडकसँगको कुराकानीमा  भने “मलाई थाहा भएन् । सेल्सले जान्ने कुरो भयो । सेल्सले माल उठाएर पैसा नदिएर कारबाही गरेको होला ।”  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij