Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....


नया सडक

२०८१, वैशाख २६ बुधबार

  • 693
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २६ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २६ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    सन नेपाल लाइफको शेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

    नेप्सेले कम्पनीको २३ दशमलव ८ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४७० दशमलव ९२ कायम भएको छ ।

    सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

    काठमाडौँ । सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा आएको छ । सरकार, सार्वजनिक संस्थान र सार्वजनिक–निजी लगानीको अवधारणाअनुरुप सञ्चालित आयोजनामा हुने लगानीको प्रभावकारिता बढाउन राष्ट्रिय योजना आयोगले ‘सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना, २०८१÷८२–२०८५÷८६’ कार्यान्वयनमा ल्याएको हो । यो कार्ययोजना आयोगको यही वैशाख ११ गतेको बैठकबाट स्वीकृत भएको थियो ।
         
    सार्वजनिक लगानीको प्रभावकारिता बढाउने, पुँजीगत खर्च बढाउने र विकास पूर्वाधार आयोजनाको काममा गति दिन दीर्घकालीन रणनीति आवश्यक रहेकाले यो कार्ययोजना ल्याइएको आयोगका सूचना अधिकारी डा दिवाकर लुइँटेलले जानकारी दिनुभयो ।

    सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक : पूर्वअर्थमन्त्री खतिवडा

    काठमाडौँ ।  पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बताउनुभएको छ । 

     

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजनामा हिजोदेखि सुरु भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीअन्तर्गत आज दोस्रो दिन ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणालीः विश्व अभ्यास नेपालको सम्भावना’ विषयको कार्यपत्रमाथि टिप्पणी राख्दै उहाँले सहकारीको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक तत्काल आवश्यक रहेको बताउनुभयो ।

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा १८१ प्रतिशतले बढ्यो

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनमा चालू आवको सोही अवधिमा १८१ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १६ करोड ६३ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू.४६ करोड ७६ लाख पुगेको हो । नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ ।कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब २ करोड छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको स्पेशल रिजर्भ शीर्षकमा रू.१ अर्ब ६५ करोड छ । सो अवधिमा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा रू. २७ करोड ९७ लाख र महाविपत्ति कोषमा रू. ७ करोड ७६ लाख सञ्चिति गरेको छ ।

    शेयर बजार : नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर  १९६०.६० विन्दुमा , २ अर्ब ५४ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर  १९६०.६० विन्दुमा आएको छ । आज २ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ४ वटा समूहका सूचक बढेका छन् । 

    यस दिन ३०५ कम्पनीको ५८ लाख ७४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड ६० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा फस्ट माइक्रोफाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्रामीण विकास लघुवित्त र हिमालयन डिष्टिलरी परेका छन् ।

    एडिस ट्याक्स इनिसिएटिभ कार्यशालाका लागि १६ देशका कर प्रशासक र विज्ञ नेपालमा

    काठमाडौँ ।आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस ट्याक्स इनिसिएटिभ (एटिआई) को क्षेत्रीय प्राविधिक कार्यशाला नेपालमा जारी छ । यहाँ जारी कार्यशालामा एटीआई सदस्य रहेका १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका ६० जनाभन्दा बढी प्रतिनिधि सहभागी छन् । 

    काउन्सिल अन इकोनोमिक पोलिसी (सिईपी) र जर्मन इन्स्टिच्युट फर डेभलपमेन्ट एण्ड सस्टेनेबिलीटीसँगको सहकार्यमा आन्तरिक राजस्व विभागले कार्यशाला आयोजना गरेको हो । कार्यशालाको प्रमुख उद्देश्य कर प्रणालीको निष्पक्षता, पारदर्शीता, दक्षता र प्रभावकारितामा सुधार गर्नु रहेको छ ।

    मिड सोलु हाइड्रोपावर लिमिटेडको खुद नाफा १२३.१२ प्रतिशतले बढ्यो

    काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १६ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १२३.१२ प्रतिशत धेरै हो ।
    विद्यतु बिक्रीबाट हुने आम्दानी ७ करोड ५५ लाख १४ हजार रुपैयाँबाट बढेर २० करोड ३८ लाख रुपैयाँ पुगेको छ । 

    जसकारण नाफामा सुधार देखिएको हो । वित्तीय खर्च ४ करोड २६ लाखबाट बढेर १० करोड ९ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको यस हाइड्रोपावरको जगेडा कोषमा १ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

    आज सन नेपाल लाइफको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख २६ गते बुधबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले वैशाख २७ गते बुक क्लोज गर्ने भएको छ ।  लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।

    यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

    हिमालयन लाइफ इन्सुरेन्सको खुद नाफा ७.९९ प्रतिशतले  घट्यो

    काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ७।९९ प्रतिशतले थोरै हो ।

    कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १४.१० प्रतिशतले बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । 

    कुल आम्दानी १०.१४ प्रतिशतले बढेर १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । खर्च वृद्धिको अनुपात झन धेरै भएपछि नाफामा केही कमी आएको हो । कुल खर्च १०.७३ प्रतिशतले बढेर १६ अर्ब २६ करोड पुगेको छ ।

    कालिका पावरको खुद नाफा १८.३८ प्रतिशतले बढ्यो

    काठमाडौं ।  कालिका पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड १६ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

    गत वर्षको यसैअवधिको तुलनामा १८.३८ प्रतिशतले धेरै हो ।विद्यतु बिक्रीबाट हुने आम्दानी १५ करोड ३३ लाख २६ हजार रुपैयाँबाट बढेर १५ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।  वित्तीय खर्च २ करोड ९५ लाखबाट घटेर १ करोड ७३ लाख रुपैयाँ कायम भएको छ । यसको डाइरेक्ट कस्ट ९लागत० पनि घटेको छ । जसले गर्दा नाफामा सुधार आएको हो ।

    आज कति छ त सुन चाँदीको भाउ ?

    काठमाडौं ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँ कायम छ । ाज  तेजावी सुनको भाउ तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँ रहेको छ । बुधबार चाँदीको भाउ पनि स्थिर रहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १६ सय ७५ रुपैयाँ कायम रहेको छ ।

    बुक बिल्डिङ भन्नाले के बुझिन्छ र कसरी गरिन्छ ?

    बुक बिल्डिङ धितोपत्र निष्काशन गर्ने एक प्रक्रिया हो जसमा निष्काशनकर्ता संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशनगर्नका लागि प्रस्ताव गरिने मूल्य निर्धारण गर्ने प्रयास गर्दछ । बुक बिल्डिङका लागि देहाय अनुरुपको प्रकृया रहने गर्दछ ।
     निष्काशनकर्ता संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्दछ ।
     उक्त विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई संगठित संस्थाले निष्काशन तथा विक्री प्रबन्धकको
    सहभागितामा छलफल कार्यक्रम सञ्चालन गरी बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्तासंग निजले चाहेका न्यूनतम
    खरिद संख्या, आशय मूल्य र सो को मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग गर्दछ ।
     योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त भएको आशय मूल्यका आधारमा निष्काशनकर्ता संगठित संस्थाले धितोपत्रको बिक्री मूल्य

    दाँत दुखेपछि प्रधानमन्त्री प्रचण्ड परीक्षण गराउन बीर अस्पताल पुगे

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षण गराउन बुधबार दिउँसो वीर अस्पताल पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई बुधबार विहानदेखि दाँत दुख्न थालेको महसुस भएको भएको हो ।

    प्रधानमन्त्री प्रचण्डको सचिवालय अनुसार  दन्त परीक्षणका लागि वीर अस्पताल पुगेको हुन् ।हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ ।

    ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

    बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । बैंकले कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा २५००, मधेश प्रदेशमा २०००, बागमती प्रदेशमा ५०००, गण्डकी प्रदेशमा ४५००, लुम्बिनी प्रदेशमा ३५००, कर्णाली प्रदेशमा ५०० र सूदुरपश्चिम प्रदेशमा २५०० भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको थियो ।

    नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष जेल सजाय

    काठमाडौं । नेपाल टेलिकम (एनटीसी)का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष जेल सजाय सुनाइएको छ । विशेष अदालतले  राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले २३ करोड २७ लाख ५८ हजार बिगोसहित साेही बराबर जरिवाना र ९ वर्ष जेल सजाय सुनाएको हो ।

    अब पौडेलले ४६ करोड ५५ लाख रुपैयाँ तिर्नु पर्ने भएको छ । मंगलबार भएको अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला सुनाएको हो । यस मुद्दामा भ्रष्टाचारकाे आरोप लागेका सचिव मधुकुमार मरासिनीसहित ६ जनाले सफाइ पाएका थिए ।

    चालक दलका सदस्य एकाएक विरामी, एयर इन्डियाका ७० उडान रद्द

    नयाँदिल्ली । बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द वा ढिलाइ भएका छन् ।

    एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ । लगभग ७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य बिरामी भएको कारण रद्द वा ढिलाइ भएको थियो । 

    भारतीय नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार मङ्गलबारदेखि सुरु भएको यो समस्या बुधबार बिहानसम्म जारी रहेको थियो ।

    समयअगावै यसरी 'ब्रेक थ्रु' भयो सुनकोशी मरिणको सुरुङ

    काठमाडौँ ।तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरूगरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिच्नु भएपछि सुरुङ छिचोलिएको हो ।

    एकाध सेन्टिमिटरमात्रै सुरुङ खन्न बाँकी रहेको र आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले स्वीच थिच्नु भई सुरुङ छिचोलिएको घोषणा गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ छिचोलिए पनि त्यसलाई पानी बहाउन मिल्ने बनाउन अझै एकदेखि डेढ बर्ष समय लाग्नेछ । सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्री नजिकै विशेष समारोहको आयोजना गरिएको हो ।

    लक्ष्मी सनराइजका  काठमाडौं उपत्यका भित्रका दुईवटा शाखा स्थानान्तरण

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना दुई शाखा काठमाडौं उपत्यकाभित्र स्थानान्तरण गरेको छ ।लक्ष्मी सनराइजले काठमाडौं महानगरपालिका–१७ खुसिबुमा रहेका आफ्ना दुई शाखामध्ये एउटा काठमाडौंको नागार्जुन नगरपालिका–१६ बनस्थलीको खरिबोटमा स्थानान्तरण गरेको छ । त्यसैगरी काठमाडौं मेट्रो–२६ गोंगबुका दुई शाखामध्ये एउटा सोही नगरपालिकाको ल्होत्से मल, नयाँ बसपार्कमा सारिएको छ । स्थानान्तरण गरिएका यी शाखाका ग्राहकहरूले सोही क्षेत्रभित्र रहेका खुसिबु र सामाखुसीका बाँकी रहेका शाखाहरूमा सेवा लिन सक्नेछन् ।

    एडिस ट्याक्स इनिसिएटिभ कार्यशालाका लागि १६ देशका कर प्रशासक र विज्ञ नेपालमा

    काठमाडौँ ।आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस ट्याक्स इनिसिएटिभ (एटिआई) को क्षेत्रीय प्राविधिक कार्यशाला नेपालमा जारी छ । यहाँ जारी कार्यशालामा एटीआई सदस्य रहेका १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका ६० जनाभन्दा बढी प्रतिनिधि सहभागी छन् । 

    काउन्सिल अन इकोनोमिक पोलिसी (सिईपी) र जर्मन इन्स्टिच्युट फर डेभलपमेन्ट एण्ड सस्टेनेबिलीटीसँगको सहकार्यमा आन्तरिक राजस्व विभागले कार्यशाला आयोजना गरेको हो । कार्यशालाको प्रमुख उद्देश्य कर प्रणालीको निष्पक्षता, पारदर्शीता, दक्षता र प्रभावकारितामा सुधार गर्नु रहेको छ ।

    आज श्रद्धापूर्वक मातातीर्थ औँसी मनाइँदै

    काठमाडौँ । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ ।वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उहाँको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । 

    धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान  छ ।

     

     
     
     
     
     
     
     

     

     
     
     
     
     
     
     
     
     
     
     

     

     
     
     

      

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस