Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

चार्टर्ड अकाउन्टन्टहरू देशका आर्थिक पहरेदार भएको राष्ट्रपति पौडेलको भनाइ


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 492
    Shares

  • चार्टर्ड अकाउन्टन्टहरू देशका आर्थिक पहरेदार भएको राष्ट्रपति पौडेलको भनाइ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले  चार्टर्ड अकाउन्टन्ट(सीए)हरू देशका आर्थिक पहरेदार भएको बताएका छन् ।नेपाल चार्टर्ड अकाउन्टन्ट संघको कार्यक्रममा बिहीबार राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

    लेखा व्यवसायीहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरुमा पारदर्शिता कायम गर्न सकिएको बताउँदै राष्ट्रपति पौडेलले कुनै देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता नै आर्थिक पहिचान भएको धारणा सार्वजनिक गरे ।

    विकास निर्माणको ठूला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव हुने बताउँदै  राष्ट्रपति पौडेलले कुनैपनि क्षेत्रमा हुनसक्ने सानादेखि ठूला आर्थिक चुहावट तथा हिनामिना हुनबाट रोक्न यसले मद्दत गर्ने विश्वास व्यक्त गरे । 

    उनले हरबखत चनाखो रहेर हिसाव मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म रहेको र आफ्नो कर्ममा धर्म नबिर्सिनु नै न्याय भएकाले न्यायोचित ढंगबाट कर्म सम्पादन गरिरहका लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार भएको बताए ।

    प्रतिक्रिया दिनुहोस