Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

बरूण हाइड्रोपावर ४ करोड ९२ लाखभन्दा बढी नोक्सानीमा


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 495
    Shares

  • बरूण हाइड्रोपावर ४ करोड ९२ लाखभन्दा बढी नोक्सानीमा

    काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९२ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म १ करोड ४२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनी आयोजना पूर्ण रुपमा क्षति हुन नपुगेकोपछि नोक्सानीमा गएको हो । अघिल्लो त्रैमासको तुलनामा यो त्रैमासमा कम्पनीको खुद नोक्सानी बढेको हो । हेवा खोला साना जलविद्युत आयोजना स्थलमा गत असार २ गतेदेखि बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएसँगै विद्युत विक्री आम्दानी नभएको हो ।हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रूपैयाँ छ । शेयर प्रिमियममा ४ करोड ३७ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अन्य इक्वीटी भने ३ करोड ८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । 

    प्रतिक्रिया दिनुहोस