Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

किसान लघुवित्तको नाफा २५१.५९ प्रतिशतले बढ्यो


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 483
    Shares

  • किसान लघुवित्तको नाफा २५१.५९ प्रतिशतले बढ्यो

    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको यसै अवधिमा २५१ दशमलव ५९ प्रतिशत वृद्धि भएको छ ।चालू आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा २६४ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू.९२ लाख ३७ हजार रहेकोमा चालू आवमा बढेर रू. ३ करोड ३६ लाख पुगेको हो । 

    कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा १३ दशमलव ४४ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रू. १८ करोड ६१ लाख रहेकोमा चालू आवमा घटेर रू. १६ करोड ११ लाखमा झरेको हो । चुक्ता पूँजी रू। ५० करोड ४३ ला खरहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू.१३ करोड ४ लाख र रिटेन्ड अर्निङमा रू. ३ करोड २३ लाख सञ्चिती गरेको छ । 

    प्रतिक्रिया दिनुहोस