Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

अन्ततः नक्सालस्थित बाल मन्दिरको जग्गा अपचलनमा संलग्नहरुलाई हुने भो कारबाही


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 729
    Shares

  • अन्ततः नक्सालस्थित बाल मन्दिरको जग्गा अपचलनमा संलग्नहरुलाई हुने भो कारबाही

    काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठनको जग्गा अपचलन गरेको निष्कर्षसहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

    जिल्ला अदालत काठमाडौंले बालमन्दिरकी तत्कालीन अध्यक्ष रीतासिंह,  नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ ्र  नेपाल बाल संगठनका तत्कालीन महासचिव  गणेश भक्त श्रेष्ठ ,  नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य , नेपाल बाल संगठनका तत्कालीन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ,  नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त महासचिव  श्याम कुमार आले , नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त महासचिव सुवास कुमार पोखरेल , नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष  मनोहर गोपाल श्रेष्ठ , नेपाल बाल संगठनका तत्कालीन महासचिव प्रचण्डराज प्रधान ,  नेपाल बाल संगठनका तत्कालीन महासचिव राम काजी कोने, नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ,  नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ,  वृहस्पति विद्यासदनका अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जिवि तिवारी,  वृहस्पति विद्यासदनका संचालक प्रविण राज जोशी , वृहस्पति विद्यासदनका तत्कालीन संचालक मुरारी निधि तिवारी ,  वृहस्पति विद्यासदनका अध्यक्ष पुरुषोत्तम राज जोशी ,  वृहस्पति विद्यासदनका संचालक श्रद्धा संघाई , वृहस्पति विद्यासदनका संचालक अभिनव सिंघानिया , वृहस्पति विद्यासदनका संचालक सिद्धार्थ केडिया र वृहस्पति विद्यासदनका संचालक किर्ति प्रसाद पाण्डेसमेत पक्राउ गरी अनुसन्धान गर्न अख्तियारी दिएको हो । जसमध्ये चिरञ्जिीवी तिवारीको मृत्यु भइसकेको छ । 
    २०२१सालमा नक्सालस्थित सीता भवन अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बाल मन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो । उक्त जग्गा वृहस्पति विद्या सदनलाई लिजमा दिँदा ठुलो सेटिङ र अनियमितता भएको समाचार नयाँ सडकले उठाउँदै आएको थियो । 

    samjhauta miti.png
    नक्सालस्थित ५१ रोपनीको आधाभन्दा बढी जग्गा बृहस्पति विद्या सदनले पहिला नै भोगाधिकार लिइसकेको थियो । केन्द्रीय कार्यालयसँगै जोडिएको सदनले ६८ वर्षका लागि लिजमा लिएर ठूला पक्की संरचना निर्माण गरिसकेको छ ।  दुईपल्टमा सम्झौता गरेर उसले २८ रोपनी ५ आना १ पैसा जग्गा २१२७ सालसम्मका लागि लिजमा लिएको हो ।

    सदनले कित्ता नम्बर ७६० को ५१ रोपनीमध्ये १४ रोपनी ९ आना ०५८ जेठमा ३० वर्षका लागि लिज लिई भवन निर्माण गरिसकेको छ । उक्त जग्गामा निर्माण भएको भवनमा विद्यालय सञ्चालन गरिएको छ । ०७२ साउनमा पूरक सम्झौता गरेर सँगैको १३ रोपनी १२ आना जग्गासमेत लिजमा लिई थप संरचना बनाइसकिएको छ । 

    प्रतिक्रिया दिनुहोस