Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २७ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, वैशाख २७ बिहीबार

  • 681
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २७ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २७ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    मन्त्रिपरिषद्को निर्णय : उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा गर्ने

    काठमाडौँ । सरकारले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीद्वय उमेश जोशी र भीम प्रसाद ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको  हो ।

    सूर्यकुण्ड हाइड्रोले आईपीओ निष्कासन गर्ने

    काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक शेयर (आईपीओ) निष्कासनको लागि स्वीकृती प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको रू.१३ करोड ७९ लाख ३५ हजार को आईपीओ निष्काशन गर्ने भएको हो ।आईपीओ निष्कासनको लागि कम्पनी र कुमारी क्यापिटल बिच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ । शेयरको प्रत्याभूतिको कार्य नेपाल एसबिआई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।

    किसान लघुवित्तको नाफा २५१.५९ प्रतिशतले बढ्यो

    काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको यसै अवधिमा २५१ दशमलव ५९ प्रतिशत वृद्धि भएको छ ।चालू आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा २६४ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू.९२ लाख ३७ हजार रहेकोमा चालू आवमा बढेर रू. ३ करोड ३६ लाख पुगेको हो ।

    शेयर बजार : नेप्से परिसूचक ५.६३ प्रतिशतले बढेर  १९६६.२३ विन्दुमा ,३ अर्ब १२ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ५.६३ प्रतिशतले बढेर  १९६६.२३ विन्दुमा आएको छ । आज ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।१३ मध्ये १० वटा समूहका सूचक बढेका छन् ।

    यस दिन ३१३ कम्पनीको ७० लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । करिब १७ करोड रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र फस्ट माइक्रोफाइनान्स परेका छन् ।

    सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ : अर्थमन्त्री पुन

    काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति ल्याउनेभन्दा पनि सुधारात्मक र रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउने बताउनुभएको छ । 

     

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको पूर्व–बजेट छलफलका क्रममा अर्थमन्त्री पुनले अर्थतन्त्रमा अहिले देखिएको शिथिलता हटाउन सरकारले निजी क्षेत्रको खस्केको मनोबल उकास्ने र केही क्षेत्रमा सुधारात्मक तथा रुपान्तरणकारी नीति अवलम्बन गर्ने बताउनुभएको हो ।

    बरूण हाइड्रोपावर ४ करोड ९२ लाखभन्दा बढी नोक्सानीमा

    काठमाडौं । बरूण हाइड्रोपावर कम्पनी लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९२ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म १ करोड ४२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनी आयोजना पूर्ण रुपमा क्षति हुन नपुगेकोपछि नोक्सानीमा गएको हो । अघिल्लो त्रैमासको तुलनामा यो त्रैमासमा कम्पनीको खुद नोक्सानी बढेको हो । हेवा खोला साना जलविद्युत आयोजना स्थलमा गत असार २ गतेदेखि बाढीले पूर्ण रुपमा क्षति पुर्‍याएसँगै विद्युत विक्री आम्दानी नभएको हो ।हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रूपैयाँ छ ।

    स्वरोजगार लघुवित्तको खुद नाफा ४०.३० प्रतिशतले बढ्यो

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसैअवधिको तुलनामा ४०.३० प्रतिशतले धेरै हो ।
    खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीसँगै सञ्चालन नाफा बढेपछि खुद नाफामा पनि सुधार भएको हो । साथै, वर्षको तुलनामा खराब कर्जा अनुपात केही कम गर्न सफल भएका कारण पनि नाफा बढेको देखिन्छ । खुद ब्बयाज आम्दानी ०.४५ प्रतिशत सुधार हुँदै २६ करोड ३१ लाख रुपैयाँ पुगेको छ । फि तथा कमिसन आम्दानी ३३६.८४ प्रतिशत बढेर ५० लाख २८ हजार रुपैयाँ पुगेको छ ।संस्थाको जगेडा कोषमा २१ करोड ६२ लाख रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी  १४.५४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १४०.७९ रुपैयाँ पैसा छ ।

    सुनको मूल्य रु आठ सयले घट्यो , प्रतितोला रु १ लाख ३५ हजार ६०० रुपैयाँ

    काठमाडौँ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ ।आज तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।   बिहीबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ ।

    प्रि ओपन सेसन : नेप्से सूचक २.८४ विन्दुले बढ्यो

    काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से सूचक २.८४ विन्दुले बढेको छ । यससँगै सूचक १९६३.४५ अंकमा आएको छ । १० लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ कम्पनीको १६ सय ९ कित्ता सेयर कारोबार भएको छ ।

    २३ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ ।

    रु रु जलविद्युत परियोजनाको खुद नाफा २.६६ प्रतिशतले बढेर ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ पग्यो

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा रु रु जलविद्युत परियोजनाको खुद नाफा २.६६ प्रतिशतले बढेर ६ करोड ८५ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ६८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो

     

    आर्थिक वर्षको ६ महिनामा कोकाकोलाको व्यापार ४ अर्ब ५९ करोड ९९ लाख

    काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ५९ करोड ९९ लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो जुन सन् २०२२ को तुलनामा ०।९३ प्रतिशतले बढी हो ।

    यस्तै  कम्पनीले सन् २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो भने २०२१ मा ८ अर्ब २९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनी कोकाकोलाको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । 

    नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम आज मुख्यमन्त्रीमा नियुक्त उहाँले कोशी प्रदेश प्रमुख पुरशुराम खापुङ्गसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । 

    त्यसैगरी आजै मन्त्रिपरिषद् समेत गठन गरिएको छ । मुख्यमन्त्री कार्कीको सिफारिसमा गणेशप्रसाद उप्रेती र रामबहादुर मगरलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ ।

    सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसद्‌मा प्रस्तुत हुने

     काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको हो ।आजको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजीद्वय उमेश जोशी र भीम प्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।

    वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

     

    पक्राउ पर्नेहरुमा गोरखा गण्डकी गाउँपालिका–२ बस्ने ३८ वर्षीय वकिलबहादुर आले र तनहुँ ऋषिङ  गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

    राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ

    काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

     

    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वरी मनोहरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौँ थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

    नेपाललाई ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत स्वास्थ्य क्षेत्र सुधारका लागि करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ प्राप्त

    काठमाडौं । नेपालले  ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत स्वास्थ्य क्षेत्र सुधारका लागि करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ (१ करोड ८८ लाख अमेरिकी डलर ) प्राप्त गरेको छ ।

    बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य संगठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त परियोजनाको शुभारम्भ गरिएको छ ।

    तीन वर्ष चल्ने यो परियोजनाको नेतृत्व नेपाल सरकारले गर्नेछ भने विश्व स्वास्थ्य संगठन, युनिसेफ र एफएओको संलग्नता रहनेछ ।

    अन्ततः नक्सालस्थित बाल मन्दिरको जग्गा अपचलनमा संलग्नहरुलाई हुने भो कारबाही

    काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठनको जग्गा अपचलन गरेको निष्कर्षसहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

    जिल्ला अदालत काठमाडौंले बालमन्दिरकी तत्कालीन अध्यक्ष रीतासिंह,  नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ ्र  नेपाल बाल संगठनका तत्कालीन महासचिव  गणेश भक्त श्रेष्ठ ,  नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव सुमन शाक्य , नेपाल बाल संगठनका तत्कालीन सदस्य एवंम श्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह ,  नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त महासचिव  श्याम कुमार आले , नेपाल बाल संगठनका तत्कालीन अख्तियार प्राप्त महासचिव सुवास कुमार पोखरेल , नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष  मनोहर गोपाल श्रेष्ठ , नेपाल बाल संगठनका तत्कालीन महासचिव प्रचण्डराज प्रधान ,  नेपाल बाल संगठनका तत्कालीन महासचिव राम काजी कोने, नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष योगेन्द्र बहादुर शाही ,  नेपाल बाल संगठनका तत्कालिन उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ ,  वृहस्पति विद्यासदनका अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जिवि तिवारी,  वृहस्पति विद्यासदनका संचालक प्रविण राज जोशी , वृहस्पति विद्यासदनका तत्कालीन संचालक मुरारी निधि तिवारी ,  वृहस्पति विद्यासदनका अध्यक्ष पुरुषोत्तम राज जोशी ,  वृहस्पति विद्यासदनका संचालक श्रद्धा संघाई , वृहस्पति विद्यासदनका संचालक अभिनव सिंघानिया , वृहस्पति विद्यासदनका संचालक सिद्धार्थ केडिया र वृहस्पति विद्यासदनका संचालक किर्ति प्रसाद पाण्डेसमेत पक्राउ गरी अनुसन्धान गर्न अख्तियारी दिएको हो । जसमध्ये चिरञ्जिीवी तिवारीको मृत्यु भइसकेको छ । 
    २०२१सालमा नक्सालस्थित सीता भवन अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बाल मन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो । उक्त जग्गा वृहस्पति विद्या सदनलाई लिजमा दिँदा ठुलो सेटिङ र अनियमितता भएको समाचार नयाँ सडकले उठाउँदै आएको थियो ।

    जलेश्वर नगरपालिकाका मेयर ,उपमेयर तथा प्रशासकीय अधिकृतसमेत १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं ।  महोत्तरी  जिल्लाको  जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालीन  प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरिएको आरोपमा मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरु कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

     

     
     
     
     
     
     

     

     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस