Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

जीवन विकास लघुवित्तको खुद नाफा १९.०४ प्रतिशतले घट्यो


नया सडक

२०८१, वैशाख २८ शुक्रबार

  • 456
    Shares

  • जीवन विकास लघुवित्तको खुद नाफा १९.०४ प्रतिशतले घट्यो

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म २६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १९.०४ प्रतिशत कम हो ।खुद ब्याज आम्दानी १ अर्ब १९ करोडबाट घटेर १ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ । यस इम्पेयरमेन्ट चार्ज पनि ३१ करोड ७२ लाखबाट बढेर ४६ करोड ७३ लाख रुपैयाँ पुगेको छ । जस कारण नाफामा गिरावट देखिएको हो । हाल यस संस्थाको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा १ अर्ब २७ करोड २० लाख रुपैयाँ जम्मा छ । 

    यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी २६.३७ रुपैयाँ छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस