काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेर सदनको कारबाही बिथोलेका छन् । आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसद्को कामकारबाही अगाडि नबढ्ने बताए । नाराबाजी गर्न अघि महामन्त्री महासचिव थापाले यस्तो भनेका थिए ।
संसद्मा प्रश्नहरूको घाँटी निमोठ्ने तयारी गरेको भन्दै थापाले जे गर्न सोच राखिएको छ, यसको मूल्य सबैले चुकाउनुपर्ने चेतावनी दिए ।