Logo

May 14 2025 | २०८२, जेठ २गते

May 14 2025 | २०८२, जेठ २गते

images

विभिन्न पदाधिकारीलाई विदेश भ्रमण र वन्यजन्तु कोषबाट ९० लाख बढी अमेरिकी डलर अनुदान सहित दुई दर्जन बढी सरकारका निर्णयहरू

विभिन्न पदाधिकारीलाई विदेश भ्रमण र वन्यजन्तु कोषबाट ९० लाख बढी अमेरिकी डलर अनुदान सहित दुई दर्जन बढी सरकारका निर्णयहरू

  • काठमाडौं । सरकारले  विभिन्न पदाधिकारीलाई विदेश भ्रमण र वन्यजन्तु कोषबाट ९० लाख बढी अमेरिकी डलर अनुदान लिने सहित दुई दर्जन बढी निर्णयहरू गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट २५ वटा निर्णय  गरिएका हुन् ।

    बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपेरिन्स शेयरिङ भिजिटमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवराज अधिकारीलाई जान स्वीकृति दिएको छ। यसैगरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसिया जान स्वीकृति दिएको छ । उनी भ्रष्टाचार निवारण सम्बन्धी तालिममा सहभागी हुन जान लागेकी हुन्।

    विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने ९० लाख २४ हजार ३१२ अमेरिकी डलर (करिब एक अर्ब २० करोड बराबर)को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।

    प्रहरी अतिरिक्त महानिरीक्षकहरू (एआइजी) टेकप्रसाद राईलाई प्रशासन विभाग र सुदिप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा गर्ने निर्णय भएको छ। यसैगरी प्रहरी नायब महानिरीक्षकहरू उमेशराज जोशी र भिमप्रसाद ढकाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरी पदस्थापन समेत गरेको छ। जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, नक्साल र ढकाललाई मानवस्रोत विकास विभागमा पदस्थापन गरिएको हो।

    इजरायल  घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पु¥याउँदा लागेको २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने निर्णय पनि मन्त्रिपरिषद्बाट गरिएको छ ।

    चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरूप उपलब्ध गराउन प्रस्ताव गरेका ७ वटा सवारीसाधन स्वीकार गर्नेलगायतका निर्णय गरिएको छ

     

    baithak1.png

     

    baithak2.png

    baithak3.png

    baithak4.png

    baithak5.png

    baithak7.png

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij