Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद

भन्सार छलीको आशंकामा तीन ट्रक लत्ता कपडा बरामद

  • चितवन — बिल बिजकभन्दा बढीको लत्ता कपडा लिएर आएको देखिएपछि चितवन प्रहरीले तीनवटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

    चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार २७ गते मध्यरातमा पूर्वबाट चितवन आउँदै गरेका ना ३ ख ४३४२, बा प्र ०१–००६ ख ३८२८ र ना ६ ख ८०३२ नम्बरको ट्रकलाई राप्ती नगरपालिका–१ लोथर राजमार्गमा रोकेर खानतलासी गर्दा बढी सामान भेटिएको हो ।

    बिल बिजकभन्दा बढी खुद्रा सामान र लत्ता कपडाहरू ट्रकबाट आउँदै छ भन्ने सूचनाको आधारमा खानतालासी गरेको उनले बताए । प्रहरीका अनुसार तीनवटा ट्रकबाट प्रारम्भिक अनुसन्धानमा बिल बिजकभन्दा एक करोड ३२ लाख ४० हजार ४०३ रुपैयाँ बढी मूल्यका सामानहरू ट्रकबाट बरामद भएको छ । चितवन प्रहरीले बरामद ट्रक र सामान आवश्यक कारवाहीका लागि बारा पथलैयाको राजश्व अनुसन्धान कार्यालयमा जिम्मा लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij