Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अप्पर तामाकोशीको विद्युत बिक्रीबाट आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँ


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 534
    Shares

  • अप्पर तामाकोशीको विद्युत बिक्रीबाट   आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँ

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ६ अर्ब ५३ करोड रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७४ प्रतिशत बढी हो।विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको नोक्सानी घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब २ करोड रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३९ करोड रुपैयाँ नोक्सानीमा रहेको छ।

    समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ७.६४ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ४९.१८ प्रतिशत र वित्तीय खर्च ८.१४ प्रतिशत घटेको छ।

    चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८.७६ प्रतिशत ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ २५ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस