काठमाडौं । आज नेप्से परिसूचक ८.२६ प्रतिशतले बढेर १९७४.५० विन्दुमा आएको छ । आज ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये १० वटा समूहको सूचक बढेको छ ।आज निर्जीवन बिमा समूहमा सबैभन्दा बढी उत्साह देखिएको छ ।
यस दिन ३११ कम्पनीको ७८ लाख ५७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १० करोड ५० लाख रुपैयाँसहित साँग्रिला डेभलपमेन्ट बैंक अग्रस्थानमा आएको छ । आज दो्रस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र सोनापुर मिनरल्स अग्रस्थानमा आएको छ ।