काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सगरमाथा लुम्बिनी इन्सुरेन्सको खुद नाफा ५५.३२% ले बढेर ४७ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।
कर्जा तथा लगानीबाट आम्दानी ४६.२८% ले बढेर ३७ करोड १८ लाख रुपैयाँ पुगेको छ । यसका साथै, खुद बिमा शुल्क आर्जन पनि १५.५७% ले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेपछि नाफा सुधार भएको हो ।
यसको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी भने २ रुपैयाँ ३९ पैसाले बढेर २४ रुपैयाँ १७ पैसा कायम भएको छ ।