Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा


नया सडक

२०८१, वैशाख ३० आइतबार

  • 573
    Shares

  • माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा

    जनकपुर । नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीले मधेस प्रदेश सरकारबाट आज राजीनामा दिनुभएको छ ।

    मधेस प्रदेश सरकारमा सहभागी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरतप्रसाद साहले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा पत्र बुझाउनुभएको हो । 

    नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको आज बसेको बेठकले गरेको निर्णयको आधारमा राजीनामा दिइएको हो ।

    जनता समाजवादी पार्टी नेतृत्वको सरकारबाट नेकपा ९माओवादी केन्द्र० बाहिरिएसँगै मधेस प्रदेश सरकार सङ्कटमा परेको छ । जनता समाजवादी पार्टी नेपालबाट अशोक राई नेतृत्वमा अर्को दल निर्माण भएसँगै मधेस प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिनुभएको हो ।

    मधेस प्रदेशमा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका नौ, लोसपाका नौ, नेकपा एसका सात जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

    यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका एक, नागरिक उन्मुक्ति पार्टीका एक, नेपाल सङ्घीय समाजवादी पार्टीका एक जना सदस्य प्रदेशसभामा हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस