Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलनको कसुरमा रविन्द्र राना  र ठगमाया राना विरुद्ध  चालीस लाख बढीको बिगो कायम गरी मुद्दा दायर

राजस्व अनुसन्धानद्वारा विदेशी विनिमय अपचलनको कसुरमा रविन्द्र राना  र ठगमाया राना विरुद्ध  चालीस लाख बढीको बिगो कायम गरी मुद्दा दायर

  • काठमाडौ । राजस्व अनुसन्धान विभागद्वारा विदेशी मुद्रा अपचलनको  कसुरमा मुद्दा दायर गरिएको छ । विभागले चालीस लाख ३३ हजार बिगो  कायम गरी रविन्द्र राना र ठगमाया राना विरुद्ध मुद्दा दायर गरेको हो । राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत तथा सूचना अधिकारी  नवराज अधिकारीका अनुसार रानाद्वयले अवैध विदेशी मुद्राको समेत कारोबार इजाजत प्राप्त नभएको स्थानमा  लुकाइ छिपाइ राखी विदेशी विनिमय अपचलन गरेकोले विदेशी विनिमय गर्ने ऐन २०१९को दफा ३ ,४ र ५ तथा यही ऐनको दफा १७(१) अनुसार बरामद भई आएको अवैध अमेरिकी डलर ६३०, साउदी रियाल ७,६४८, पाउन्डस्टर्लिड डलर २३५, जापानी येन १,७४००० सहित  क्यानेडियन, कोरियन, थाई , हंगकंग, अस्ट्रेलियन, चाइनिज, सिंगापुर, थाई , युरो, कतारीलगायत देशका विदेशी मुद्रा लुकाइ छिपाइ कारोबार गरेको कसुरमा राजस्व अनुसन्धान विभागले अभियुक्तहरूमाथि अनुसन्धान गरेको थियो ।

    अनुसन्धान विभागले स्रोत नखुलेको नेपाली रुपैयाँ रु १९,०२,२६५ समेत जफत गरेको थियो । सोही कसुरमा रानाद्वय विरुद्ध राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा बिगोसहित ४० लाख ३३ हजार बिगो कायम गरी आइतबार दायर गरेको छ ।

    यसैगरी अनुसन्धान विभागले रानाद्वय सञ्चालक रहेको न्यू गामबेसी गेस्ट हाउसबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ३लाख र विभिन्न देशका विदेशी मुद्राको हुन आउने नेरु ९ ,१५,८४८ रुपैयाँ गरी जम्मा बिगो १२, १५,८४८ र प्रतिवादी रविन्द्र रानाको हकमा निज सञ्चालक रहेको मनिचेन्जर प्रालिबाट बरामद स्रोत नखुलेको १६ ,०२,२६५ तथा निज समेतले सञ्चालन गरेको गामबेसी गेस्ट हाउसबाट बरामद नेपाली रुपैयाँ समेत गरी जम्मा हुन आउने बिगो २८,१८,११३ रुपैयाँ बिगो कायम गरी रविन्द्र राना र ठगमाया रानालाई विदेशी विनिमय ऐन २०१९को दफा १७(१) बमोजिम बिगो मागदाबी र सजाय माग गरी मुद्दा दायर गरेको हो ।   

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij