Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

चीनतर्फको निर्यात बढिरहँदा भारतलगायत अन्य मुलुकमा हुने निर्यात घट्नु चिन्ताको कारण


नया सडक

२०८१, वैशाख ३१ सोमबार

  • 615
    Shares

  • चीनतर्फको निर्यात बढिरहँदा भारतलगायत अन्य मुलुकमा हुने निर्यात घट्नु चिन्ताको कारण

    काठमाडौं । चीन तर्फको निर्यात बढिरहँदा भारतलगायत अन्य मुलुकमा हुने निर्यात घट्नु चिन्ताको कारण बनेको छ ।अर्थतन्त्र शिथिल भइरहेको बेला भारतलगायत अन्य मुलुकमा हुने निर्यात घटिरहेको हालै सार्वजनिक नेपाल राष्ट्र बैंकद्वारा समग्र अर्थतन्त्रको परिदृश्य प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा उल्लेख यो विषय चिन्ताको कारण भएको विज्ञहरूको भनाइ छ ।भारतमा हुने निर्यातमा ६.२प्रतिशत र अन्य मुलुकहरूमा हुने निर्यात २ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।चालु आर्थिक वर्ष २०८०/८१को सुरुको ९ महिनामा निर्यात ३.७ प्रतिशतले घटेको छ । निर्यात ३.७ प्रतिशतले कमी भई १ खर्ब १३ अर्ब ९५ करोड कायम भएको छ ।

    चीनतर्फको निर्यात २३२ प्रतिशतले वृद्धि भएको छ ।वस्तुगत आधारमा जिंक शिट,पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो,तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, सोयाबिन तेल, उनी गलैँचा, चिया, जुटका सामानलगायतको वस्तुको निर्यातमा कमी आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस