Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

कर छली ल्याएको झण्डै ९० लाखको मुस्ताङ गोल्ड ब्रान्डको मदिरा धनुषा प्रहरीको नियन्त्रणमा


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 639
    Shares

  • कर छली ल्याएको झण्डै   ९० लाखको  मुस्ताङ गोल्ड ब्रान्डको मदिरा धनुषा प्रहरीको नियन्त्रणमा

    काठमाडौं /ढल्केबर । धनुषा प्रहरीले कर छली ल्याएको करिब ९० लाख बराबर  मदिरा लोड गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ ।  धनुषा जिल्ला प्रहरी कार्यालय अन्तर्गतको इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले  बिल बीजक भन्दा बढी मदिरा लोड गरिएको सो ट्रक नियन्त्रणमा लिएको हो । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर चोकबाट सोमबार साँझ मुस्ताङ गोल्ड ब्रान्ड मदिरा बोकेको मालवाहक ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

    इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राज किशोर साहले  जानकारी सार्वजनिक गरे अनुसार बिल बीजक भन्दा बढी सिल बन्द मदिरा भेटिएको थियो । त्यसपछि सो मदिरासहितको ट्रक नियन्त्रणमा लिइयो ।
    जाँचको क्रममा बाग्मती प्रदेश ०१–००४ क २७२१ नम्बरको ट्रकमा मुस्ताङ गोल्ड ब्रान्डको ६ सय कार्टुन मदिरा रहेको पाइयो ।  उक्त मदिरा बिल बीजक भन्दा बढी रहेको थियो ।

    नियन्त्रणमा लिइएको ट्रक र मदिराको अनुमानित ८९ लाख ४६ हजार नौ सय रुपियाँ कायम गरेर थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने तयारी भएको ढल्केबर प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस