Logo

Oct 21 2025 | २०८२, कात्तिक ४गते

Oct 21 2025 | २०८२, कात्तिक ४गते

images

गृहमन्त्री लामिछानेसँग नाम जोडिएका सहकारी ठगीका प्रमुख आरोपी जीबी राईको राहदानी रद्द गर्न पत्राचार

गृहमन्त्री लामिछानेसँग नाम जोडिएका सहकारी ठगीका प्रमुख आरोपी जीबी राईको राहदानी रद्द गर्न पत्राचार

  • काठमाडौं । प्रहरीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग जोडिएका भनिएका प्रमुख आरोपी मानिएका फरार सुर्यदर्शन सहकारीका  संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई यस्तो पत्राचार गरेको हो ।

    जीबी राईको नाममा जारी राहदानी रद्द गर्न पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्की स्रोतले जानकारी सार्वजनिक गरेका हुन् ।
    यसअघि गत माघमा जीबीराई विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’बाट डिफ्युजन र रेड नोटिश जारी भएको थियो ।

    डिफ्युजन नोटिसको आधारमा उनी मलेसियामा रहेको थाहा भएको थियो । त्यसपछि सरकारले उनलाई  पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट पनि पठाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij