काठमाडौं । आज नेप्से परिसूचक २८.९२ प्रतिशतले बढेर २०२७.५१ विन्दुमा आएको छ । आज आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।
यस दिन ३२० कम्पनीको ९८ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड ८१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः शाइन रेसुंगा डेभलपमेन्ट बैंक र आरएसडी लघुवित्त परेका छन् ।