Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाइने


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 333
    Shares

  • सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाइने

    काठमाडौँ । सरकारले  सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाउने भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै   राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक ऋणको उपयोग पुँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा मात्र लगाइने बताएका हुन् ।

      आगामी आर्थिक वर्ष बजेटले लिएको खर्च नीति र सार्वजनिक ऋणको समुचित प्रयोगका लागि सरकारले आन्तरिक तथा बाह्य ऋणको विवेकपूर्ण छनोट गरी प्रतिफल प्राप्त क्षेत्रमा मात्र लगाउने नीति लिने उनले बताए । 

     वैदेशिक सहायतालाई राष्ट्रिय आवश्यक र प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने उनले जनाए । कम विकसित मुलुकबाट विकासिल मुलुकमा स्तरउन्नति हुँदा प्राप्त गर्ने अवसर र प्रभावको विश्लेषण गरी सो अनुरूप रणनीति तथा कार्यक्रम बनाइने राष्ट्रपति पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस