Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्छ : गृहमन्त्री लामिछाने


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 693
    Shares

  • नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्छ : गृहमन्त्री लामिछाने

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारको नीति तथा कार्यक्रममा नयाँ विषय समावेश भएको बताउनुभएको छ ।
        
    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज प्रस्तुत नीति तथा कार्यक्रमको टिप्पणी गर्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले यसमा पुराना कार्यक्रमलाई निरन्तरता दिँदै धेरै नयाँ विषय समावेश भएको बताउनुभएको हो ।
        
    “विभिन्न मन्त्रालयअन्तर्गत नयाँ कुरा राखिएको छ । यसको अर्थ पुराना कुरा छैनन् भनेको हैन, कतिपयको निरन्तरता छ । तर धेरै विषय नयाँ आएका छन । मूल कुरा यी सबै कार्यान्वयन गर्नेमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

        उहाँले गृहसँग सम्बन्धित नीति तथा कार्यक्रममा केही नयाँ विषय उल्लेख भएको जानकारी दिनुभयो । उहाँले सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने नयाँ विषय यस पटक समेटिएको बताउनुभयो । यस्तै  खुला कारागार सञ्चालन र राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै  प्रकारका नागरिक सेवा सुविधासँग आबद्ध गरिनेलगायतका विषय नयाँ भएको उल्लेख गर्नुभयो ।
        
    यस्तै गाँजाको औषधीजन्य प्रयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरणलाई प्रोत्साहन गर्न नीतिगत र कानुनी प्रबन्ध गरिने विषय नयाँ भएको उहाँको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस