Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कुमारी बैंकको ३ लाख १४ हजार कित्ता सेयर लिलामी बिक्री खुला गर्ने


नया सडक

२०८१, जेठ २ बुधबार

  • 660
    Shares

  • कुमारी बैंकको ३ लाख १४ हजार कित्ता सेयर लिलामी बिक्री खुला गर्ने

    काठमाडौं । कुमारी बैंकले शुक्रबारदेखि ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस