हाल मानसिक रोग दिनानुदिन बढ्दै गएको छ । यो समस्याको रुपमा बढिरहेको छ । यस विषयमा नयाँ सडक डटकमका लागि डा. सरोज अधिकारीसँग रत्नमणि दाहालले गरेको कुराकानीको सम्पादित अंश
मानसिक समस्या के के हुन र यो कसरी हुन्छ । ?
– नेपालमा मानसिक रोगलाई केलाएक हेर्दा विशेषगरी डिप्रेसन, एन्जाइटी, डिसअर्डर र आर्थिक समस्या, जीवनमा आउने असफलता र यसले निन्त्याने एडजसमेन्ट डिसअर्डर, कडाखालका रोगहरूमा स्किजोमेनियालाई सामान्यतरिकाले स्रिजोफेनिया पनि भनिन्छ । यसैगरी बाइपोलर डिसअर्डर विशेषगरी देखिन्छ ।
मानसिक रोगका लक्षण के हुन?
– यो आफैमा धेरै जटिल (भेग) विषय हो । तर त्यसमा सामान्यतया सोच , भावनामा फरक महसुस गर्ने , व्यवहारमा आउने परिवर्तन , जसको कारण आउने परिवर्तनले सामाजिक तथा व्यवसायिक जीवनमा आउने घाटा , बाधा उत्पन्न गराउँदछ । सामान्य व्यवहार गरिरहेकाले असामान्य व्यवहार देखाउने गर्छ । मान्छे नाङ्गै हिँडने , नचाहिँदो कुरा बोल्न थाल्नु, अनावश्यक रिसाउनु, नियमित काम गर्न नसक्नु, निन्द्रा नपर्नु, ज्यादा तनाव महसुस गर्नु , आत्महत्याको सोच आउनु, अत्याधिक डर लाग्नु, मुटु ढुकढुक हुनु, छटपटी हुनु, बेहोशी जस्ता लक्षण देखापर्नु हो । बेहोशी भएको केहीबेर पछि आफै उठनु, फ्रेस हुनु, एक्लै बोल्नु, एक्लै हाँस्ने, ज्यादा कुलतमा फस्ने आदि मानसिक रोगका लक्षणमा पर्दछन् ।यस रोगका लक्षण अरु रोगसँग पनि सामान्य लक्षण मिल्ने हुँदा रोग पहिचान गरेर मात्र निष्कर्ष निकाल्न सकिन्छ ।
मानसिक रोग उमेर अनुसार फरक पर्छ र ?
यो रोग जो कोहीलाई हुन सक्छ । बच्चामा पनि हुन सक्छ । जस्तो बौद्धिक अपाङ्गता ( मेन्टल रिटार्डेसन) सुस्त मनस्थिति , व्यवहारमा परिवर्तन आउदा अटिज्म हुँदा , व्यवहारमा परिवर्तन आउँदा उपचार गर्नुपर्ने हुन्छ । ८०÷ ९० वर्षका मानिसमा पनि बिर्सिने रोग, डाइमेन्सिया हुँदा पनि उपचार गर्नुपर्ने हुन्छ । यस्तो कडा खालको मानसिक रोग साइकोसिस, बाइपोलारजस्ता मानसिक रोगको रूपमा बुझिन्छ ।डिप्रेसन, इन्जाटी जस्ता मानसिक रोग कुनै पनि उमेर समूहका मानिसहरूलाई हुन सक्छ । जुनसुकै उमेरका मानिसमा पनि मानसिक रोग आउन सक्छ ।
ग्रामीण भन्दा शहरी क्षेत्रका मानिसमा मानसिक रोग बढी हुन्छ ?
– मानसिक रोग आउने गाउँले परिवेश र शहरी परिवेश दुवैमा लाग्छ । तर एडजस्टमेन्ट डिसअर्डरको समस्या देखिने तनावले निम्त्याउँछ ।विशेषगरी शहरी क्षेत्रका व्यापार बिजनेसमा लाग्ने महत्वकांक्षा बढी भएका मानिसमा बढी देखिन्छ । काममा असफल हुने, ठुल्ठुलो कमा आँटने, काम बिग्रने , ऋणले थिचिने आदि समस्याबाट जीवन बिताएका मानिसमा एडजस्टमेन्ट डिसअर्डर तनावजन्य रोग बढी देखिन्छ । तर मानसिक रोग भुगोलले फरक पर्दैन् । जो कोहीलाई हुन सक्छ ।
मानसिक रोग निको हुन्छ कि हुँदैन ?
मानसिक रोग , मुधुमेह, हाइपरटेन्सन, दम जस्ता रोग दीर्घ रोगमा पर्दछन्। यो नसर्ने रोग पनि हो । दीर्घरोग निको हुने भन्दा पनि रोकथाम गर्ने हो । धेरै जसो मानसिक रोग परामर्श र औषधिमूलो (मेडिसिन) र रोकथामबाट निको हुने रोगमा आउँछन भने केही कडा खालका रोगलाई जस्तै बाइपोलार डिसअर्डर, स्रिजोमेन्यिा जस्ता रोगहरु लामो समय उपचार पछि नियन्त्रणमा लिन सकिन्छ। मानसिक रोग ठ्याक्कै निको हुन्छ भन्न मिल्दैन् ।
मौसम अनुसार मानसिक रोग फरक फरक हुन्छ ?
मानसिक रोगमा डिप्रेसन , एन्जाइटी, डिसअर्डरजस्ता बाइपोलार डिसअर्डरमा मेनिया भन्ने रोग चाहिँ मौसम अनुसार पनि फरक फरक देखिन्छ । जस्तै डिप्रेसन जाढोमा बढी भएको पाइन्छ । पश्चिमी मुलुकमा कम घाम लाग्ने जाढो मौसममा अमेरिका, युरोप मुलुक तिर डिप्रेसन बढी देखिएको छ । त्यसैगरी मेनिया भन्ने रोग गर्मी याममा बढी देखिएको छ । तर मौसमले असर गरेको भन्दा पनि एउटा हाइपोथेसिसको रुपमा रहेको छ । मौसमकै कारण मानसिक रोग भएको भन्ने चाहीँ प्रमाणित भएको छैन् ।
परामर्श र औषधिले मानसिक रोग ठिक हुन्छ ?
अति सामान्य अवस्थामा रहेको डिप्रेसन एन्जाइटी जुन चाहीँ सुुरुवाती अवस्थामा छ । तनावजन्य रोगहरु सामान्य अवस्थमा छ भने सल्लाहा( काउन्सिलिङ)बाट कम गर्न सकिन्छ । रोगको जटिलता बढ्दै जाँदा उपचारको विकल्प हुँदैन। कडा खालको रोगलाई काउन्सिलिङमा गएर समय फाल्नु भन्दा समयमै औषधि गर्न जरुरी हुन्छ । औषधि पछि विरामी सजिलो अवस्थामा आइसकेपछि काउन्सिलिङबाट रोग के हो ? के के कुरामा ध्यान पु¥याउने ? के गर्दा रोग पछि बल्झिदैन् ? जस्ता कुरा बुझाउन काउन्सिलिङ जरुरी पर्छ ।
तनावले मानसिक रोग निम्त्याउने हो ?
तनाव मात्रले मार्नासक रोग आउने होइन् । तनावले मानसिक रोग देखाएमा त्यो केही समय रहन्छ र तनाव हटेमा आफै निको हुन्छ । निको नभए थोरै समयको औषधि सेवनले निको हुन्छ । तर जसको पुख्र्यौली मानसिक रोगीको हिस्ट्री छ त्यस्ता व्यक्तिहरूमा तनावले मानसिकरुपमा कडा देखाइरहन्छ । त्यो रोग लामो समय रहन्छ । त्यसलाई औषधी उपचार गरी नियन्त्रमा लिनु पर्छ । तनाव र भागदौडले मात्र मानसिक रोग हुने होइन किनभने मान्छेको जीवन आफैमा जटिल छ । तनाव बिनाको मान्छे नै छैन् । जुन दिन सम्म मान्छे रहन्छ तनाव पनि रहन्छ । मृत्युवरण पछि मात्रै तनावले छोड्छ । त्यसकारण तनावले तनावले मात्र भानितिक रोग हुने होइन। तनाव भएका सम्पूर्ण मानिसमा मानसिक रोग छैन । तनाव बढी भएका मानिसले आफ्नो तनाव नियन्त्रण गर्नु पर्छ ।
मानसिक रोग नियन्त्रणमा सरकारको लगानी र दायित्व पर्याप्त छ ? नेपाल सरकारको प्रयास त भएको छ तर पर्याप्त छैन । टोटल हस्पिटल भिजिट गरी बिरामीलाई केलाउने हो लिने हो भने आधी जति बिरामी मानसिक रोगका बिरामी छन् । राम्रोसँग नियाल्ने हो भने मानसिक रोगी निक्कै छन् । भर्ना गर्न बेड संख्या पनि न्यून छ । बिरामी भर्ना हुन नपाएको अवस्था पनि भयावह छ ।
जसले गर्दा मानसिक रोगी रिहाव सेन्टरमा गएर बस्नुपर्ने अवस्था छ । र जनरल अस्पतालमा गएर उचित खालको सुहाउँदो उपचार नपाएको अवस्था छ । सरकारले गरेको प्रयास पर्याप्त छैन् ।
(पाटन अस्पताल , नशा, मानसिक तथा यौन रोग विशेषज्ञ )