Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

क्रिकेटर सन्दिप लामिछानेलाई बलत्कार मुद्दामा उच्च अदालतद्वारा सफाइ, क्रिकेटमा फर्किन बाटो खुल्यो


नया सडक

२०८१, जेठ २ बुधबार

  • 570
    Shares

  • क्रिकेटर सन्दिप लामिछानेलाई बलत्कार मुद्दामा उच्च अदालतद्वारा सफाइ, क्रिकेटमा फर्किन बाटो खुल्यो

    काठमाडौं । उच्च अदालत पाटनले  क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै लामिछानेलाई निर्दोष ठहर गरेको हो ।

    गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । 

    सो  फैसला उल्टाइ पाउँ भनी  लामिछानेले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपछि  उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले क्रिकेटरलाई निर्दोष ठहर गरेको हो ।

    उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठह¥याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस