Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

आगामी साता तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा आउने , मौद्रिक व्यवस्थामा हेरफेर गर्न दबाब


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 708
    Shares

  • आगामी साता तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा आउने , मौद्रिक व्यवस्थामा हेरफेर गर्न दबाब

    काठमाडौं । आगामी साता मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक हुने भएको छ ।नेपाल राष्ट्र बैंकले  चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारीमा जुटेको हो ।बैंकका उच्चपदस्थ अधिकारीहरूका अनुसार समीक्षामा मौद्रिक व्यस्थामा परिवर्तन हुने सम्भावना रहेको छैन् ।

    केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक  समीक्षाका लागि बिहीबार देखि व्यवस्थापन समितिमा छलफलको सुरुवात गरेको छ ।
    व्यवस्थापन समितिमा हुने  छलफलको प्रक्रियाबाट समीक्षा गुज्रेर आगामी सातासम्म सार्वजनिक हुन तयार हुने राष्ट्र बैंक स्रोतको भनाइ छ ।कतिपय अधिकारीहरूका अनुसार मौद्रिक व्यवस्थामा परिवर्तन गर्नुपर्ने दबाब रहेको छ ।

    आर्थिक गतिविधिलाई ध्यानमा राख्दै केन्द्रीय बैंकले तेस्रो त्रैमासिक समीक्षा मार्फत बैंक दर, नीतिगत दर, ब्याजदर करिडोरको सीमा लगायत परिवर्तन गर्ने अवस्था नभएपनि दबाब दिनेले केही परिवर्तन गर्न पाए हुने उनीहरूको भनाइ छ । 

     

    प्रतिक्रिया दिनुहोस