Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ३ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......


नया सडक

२०८१, जेठ ३ बिहीबार

  • 597
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ३ बिहीबारका मुख्यमुख्य आर्थिक समाचारहरू.......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ ३ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    नेपालले आर्थिक लाभ उठाउने सम्भावना धेरै छ :नेता डा  रिजाल

    भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजालले नेपाल दुई ठूला अर्थतन्त्र भएको राष्ट्रबीच भए पनि अपेक्षाकृत फाइदा लिन नसकिरहेको बताउनुभएको छ ।

     

    नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा आज  भैरहवामा आयोजित   भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले ठूला अर्थतन्त्र भएका चीन र भारतबीच रहेको नेपालले आफ्नो आर्थिक वृद्धि हाँसिल गर्ने सक्ने संभावना धेरै रहेको छ भन्नुभयो ।   फरक प्रसङ्गमा बोल्दै नेता डा रिजालले आउँदो निर्वाचनमा कांग्रेस गठबन्धन नगरी सबै स्थानमा उम्मेदवारी दिनुपर्ने धारणा राख्नुभयो । उहाँले विगतका निर्वाचनमा कांग्रेसले सबै ठाउँमा आफ्ना उम्मेदवार नउठाएका कारण कांग्रेसको मत घटेको बताउनुभयो ।

    आइएमई लाइफ इन्सुरेन्स कम्पनीको साधारण सभा जेठ २८ गते

    काठमाडौं । आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर तिर्न १.३१ प्रतिशत नगद लाभांश गरी कुल २६।३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते बुक क्लोज गर्ने भएको छ ।

    नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६९३ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य ६६१.५८ रुपैयाँ कायम भएको छ ।

    शेयर बजार : नेप्से परिसूचक ०.७९ बढेर  २०१८.७६ विन्दुमा ,४ अर्ब २३ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ०.७९ बढेर  २०१८.७६ विन्दुमा आएको छ । आज ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये २ समूहका सूचक बढेका छन् ।

    यस दिन ३१५ कम्पनीको ८२ लाख ८२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४३ करोड ९० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र पिपुल्स पावर परेका छन् ।

    कालिका लघुवित्तले २० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले डोलराज ढुङ्गानाको नाममा रहेको १५ हजार कित्ता र माया बस्नेत केसीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

    यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा, कास्कीमा निवेदन पेश गर्नुपर्नेछ ।

    ठमेल प्लाजा होटलले आइपीओ जारी गर्ने , विशेष साधारण सभा जेठ १९ गते

    काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ । सभा यस कम्पनीको सभाकक्ष, ठमेल, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी प्रस्ताव पेश गर्नेछ ।हाल कायम सेयरधनीहरुलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ । कम्पनीले सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने जनाएको छ ।

    सिद्धार्थ प्रिमियर इन्सुरेन्सको ५ लाख ९० हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्सको ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज ९वैशाख ३ गते० अन्तिम दिन हो ।यसमा न्यूनतम १७० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    आज नेपाल फाइनान्सकोे १० लाख ९४ हजार कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । नेपाल फाइनान्सकोे १० लाख ९४ हजार ४७१.१८७ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज  अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामीमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 
    यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

    नेपाल इन्सुरेन्सको विशेष साधारण सभा जेठ ४ गते , ४० प्रतिशत हकप्रद जारी गर्ने

    काठमाडौं । नेपाल इन्सुरेन्सको भोलि शुक्रबार जेठ ४ गते विशेष साधारण सभा बस्ने भएको छ । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको हो । सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ४०५ हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरिसकेको छ ।

    आज नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ ३ गते बिहीबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ ६ गते बुक क्लोज गर्दैछ । जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुँदैन ।यस कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न नेपाल पुनर्बिमाले  जेठ १७ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।

    माओवादी एसिया प्रदेश समितिको संयोजकमा शनि शनी ओली र सचिवमा पन्त

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिको संयोजकमा शनि कुमार ओली ९नवराज० भएका छन । पार्टीले ओलीको संयोजकत्वमा प्रदेश  संगठन समिति गठन गरेको हो । प्रदेश इञ्चार्ज, सह– इञ्चार्ज र त्यहाँ कार्यरत केन्द्रीय सदस्यको सिफारिसमा पदाधिकारी र सदस्यहरू रहेको प्रदेश  संगठन समिति गठन गरिएको महासचिव देव गुरुङले जानकारी दिए । जसअनुसार पदाधिकारीतर्फ  सह– संयोजकमा भुपाल श्रेष्ठ र हरि नेपाली, सचिवमा भवानी पन्त,  सह–सचिवमा श्री कृष्ण भट्टराई र दिपक पुन  चयन हुँदा कोषाध्यक्षमा बाबुराम बिश्वकर्मा चयन भएका छन ।

    सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छः उपराष्ट्रपति

    काठमाडौँ ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेद्को अन्त्यका लागि सबैलाई उत्प्रेरित गर्ने तथा सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

     

    सीता उत्पत्ति दिवस (सीता जयन्ती), २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले सीता जयन्ती परिवार र समाजमा विद्यमान सबैखाले आपसी कलह, द्वेष, क्लेश, दुःख र अशान्ति समाप्तिका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।

    कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित , अर्को बैठक भोलि ११ बजे

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ ।

    बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि  सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गर्नुभएको हो ।
    आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधविरुद्ध सत्तारुढ दल नेकपा ९एमाले० पनि रोष्टममा उत्रिएको थियो । 

    आगामी साता तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा आउने , मौद्रिक व्यवस्थामा हेरफेर गर्न दबाब

    काठमाडौं । आगामी साता मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक हुने भएको छ ।नेपाल राष्ट्र बैंकले  चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारीमा जुटेको हो ।बैंकका उच्चपदस्थ अधिकारीहरूका अनुसार समीक्षामा मौद्रिक व्यस्थामा परिवर्तन हुने सम्भावना रहेको छैन् ।

    केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक  समीक्षाका लागि बिहीबार देखि व्यवस्थापन समितिमा छलफलको सुरुवात गरेको छ ।

    नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने

    काठमाडौं ।नेपाल चेम्बर अफ कमर्स र अर्मेनियाको चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीबीच आर्थिक क्षेत्र र सूचना प्रविधिमा सहकार्य गर्ने सम्झौता भएको छ ।  सम्झौतापत्रमा चेम्बर अफ कमर्सका कार्यकारी सदस्य पंकज जालान र अर्मेनिया चेम्बर अफ कमर्सका कार्यकारी निर्देशक एन्ड्रानिक अलेक्सान्यनले हस्ताक्षर गर्नुभयो ।

    दुई मुलुकका चेम्बरबीच व्यापार सहजीकरण, आर्थिक एवं प्राविधिक सम्वन्ध विस्तार लयायतका विभन्नि ८ विषयमा सहकार्यको सम्झौता भएको हो । संयुक्त लगानीमा उत्पादित बस्तुहरुको घरेलु र तेस्रो बजार खोज्नका लागि सहकार्य गने विषयमा पनि सम्झौतामा हस्ताक्षर भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    महिला सशक्तिकरणका लागि लक्ष्मी सन्राईज बैंकको ’शिक्षित लक्ष्मी’ पहल

    काठमाडौं । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सन्राईज बैंकले ’शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाताभित्र ल्याएको हो ।

     

    यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ ।  यस पहल अन्तर्गत आगामी ७ वर्षमा कूल रू ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी (एमओयू) गरेको छ । सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरुले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।

    राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणालीमा समस्या, उद्योगी व्यापारीहरू समस्यामा , तस्करहरू खुशी

    काठमाडौं । राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणालीमा समस्या आएको छ ।हिजोदेखि भेहिकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम(भीसीटीएस)मा समस्या आएको हो ।

     

    भीसीटीएस प्रणालीमा समस्या आउँदै देशभरका उद्योगी व्यवसायीहरू समस्यामा परेका छन् । उद्योगी व्यवसायीहरूले भीसीटीएसमा समस्या आउँदा  समयमा मालवस्तुको आदानप्रदान गर्न सकेका छैनन् । भीसीटीएसमा समस्या आउँदा समयमा इन्ट्री नहुने, प्यान नम्बर पनि नदेखाउने, इन्ट्री नै गर्न नमिल्ने भएको २४ घन्टा बितिसकेको छ ।

    नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय

    काठमाडौं । सरकारले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी सार्वजनिक गरेकी हुन् ।

    एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

    मनिला । एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा दिन र विद्युत् आपूर्तिको लचिलोपन बढाउन १४ करोड ८५ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

     

    परियोजनाले विद्यमान २६ वटा विद्युत् सवस्टेसनलाई अपग्रेड गर्दै करिब सात सय ७० किलोमिटर जलवायु–लचिलो कन्डक्टर स्थापना गरेर सिक्किमको विद्युत् वितरण प्रणालीलाई उन्नत र आधुनिकीकरण गर्ने वाचा गरेको छ ।

    गैर वित्तीय तथा सार्वजनिक संस्थाको बैंक निक्षेप ७ प्रतिशतले घट्यो

    काठमाडौं । गैर–वित्तीय तथा सार्वजनिक संस्थाले बैंकमा राखेको निक्षेप झिकेर ७ प्रतिशत घटाएका छन् ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ तथ्यांकमा यस्तो देखिएको हो ।

    राष्ट्र बैंकको तथ्यांकअनुसार चैतसम्म बैंकमा सार्वजनिक संस्थानहरूको कुल बचत ३ खर्ब ३० अर्ब ५२ करोड ६० लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा ३ खर्ब ३७ अर्ब ५५ करोड १० लाख रुपैयाँ निक्षेप थियो ।सन् २०२२को चैत महिनामा यो  ३ खर्ब ४८ अर्ब ८ करोड ८० लाख र सन् २०२१को चैत महिनासम्म ३ खर्ब २५ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बैंकमा बचत रहेको थियो ।

    लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहन्छ : सभापति देउवा

    काठमाडौँ ।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । आज यहाँ आयोजित प्रजातान्त्रिक विचार  समाजको २६औँ साधारणसभा तथा लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा उहाँले लोकतन्त्रलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

    सभापति देउवाले लोकतन्त्र र नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन पूर्वमन्त्री योगप्रसाद उपाध्यायको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । “योगप्रसादजी पुरानो मात्र होइन राजनीतिक आन्दोलनको ठूलो नेता हुनुहुन्छ, २०१७ सालको आन्दोलनमा प्रवासमा बसेर प्रजातन्त्रको लागि लड्ने व्यक्तिलाई सम्मान गर्न पाएकामा खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

    सुन र चाँदीमा फेरि उच्च मूल्य वृद्धि भई नयाँ रकेर्ड कायम

    काठमाडौं । सुन र चाँदीमा फेरि उच्च मूल्य वृद्धि भई नयाँ रकेर्ड कायम भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ ।

    वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन क्रमिक रुपमा घट्दै १९ गते १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेयता सुनको भाउ फेरि उकालो लागेको हो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ । यसअघि हिजो बुधबार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।

     

     

     
     
     
     
     
     
     
     
     
     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस